महाकवि देवकोटा क्याम्पसमा अनुसन्धान प्रस्तावना लेखन सम्बन्धी कार्यशाला सम्पन्न

खबर खुराक
९ पुष २०८१

आज मिति २०८१/०९/०९ गतेका दिन महाकवि देवकोटा क्याम्पस व्यवस्थापन सङ्कायको आयोजनामा यसै क्याम्पसको सभाहलमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रस्तावना लेखन सम्बन्धी ज्ञान दिने उद्धेश्यले आयोजना गरिएको अनुसन्धान प्रस्तावन लेखन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पस व्यवस्थापन सङ्काय प्रमुख भिमलाल ढकालको अध्यक्षता, शिक्षक रामचन्द्र ढकालको प्रशिक्षकत्व रहेको उक्त कार्यशालामा, क्याम्पसमा अध्यापनरत शिक्षक शिक्षिका, व्यवस्थापन सङ्काय अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरु गरी ११५ जनाको सहभागिता रहेको थियो । उक्त कार्यशालामा प्रशिक्षक ढकालले अनुसन्धान प्रस्तावना लेखन गर्दा ध्यान दिनु पर्ने कुराहरु साथै अनुसन्धान प्रस्तावना लेखनका अङ्गहरुको बारेमा स्पष्ट पार्नु भएको थियो । कार्यक्रम समापनको अवसरमा बोल्दै सभाध्यक्ष भिमलाल ढकालले अनुसन्धान वर्तमान समयको निकै महत्वपूर्ण विषय भएको हुनाले विद्यार्थीहरुले यसलाई गम्भिरताका साथ लिनुपर्ने विचार व्यक्त गर्नुभयो । उक्त कार्यक्रमको सहजिकरण शिक्षक पदम पाण्डेले गर्नुभएको थियो ।