महाकवि देवकोटा क्याम्पसमा खाना महोत्सव तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

खबर खुराक
२५ माघ २०८२

मिति २०८२/१०/२५ गतेका दिन महाकवि देवकोटा क्याम्पस अन्तर्गत बि.बि.ए. सातौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा यसै क्याम्पसको प्राङ्गणमा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई प्रयोगात्मक व्यवसायिक ज्ञान प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको खाना महोत्सव तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पस बि.बि.ए. सातौँ सेमेस्टरमा अध्ययनरत छात्रा विष्णु पङ्गेनीको अध्यक्षता, क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको प्रमुख आतिथ्यता, सुनवल नगरपालिकाका नगर प्रमुख एवं क्याम्पस सञ्चालक समितिका सदस्य विमला अर्यालको विशिष्ट आतिथ्यता, सुनवल नगरपालिकाका निवर्तमान नगर प्रमुख एवं क्याम्पस संचालक समितिका सदस्य भिम बहादुर थापा र क्याम्पसका निवर्तमान अध्यक्ष विष्णु प्रसाद पौडेलद्वयको विशेष आतिथ्यता, मोतिलाल बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष लेखनाथ खरेलको आतिथ्यता रहेको उक्त कार्यक्रममा सुनवल नगरपालिका नगरकार्यपालिकाका सदस्य, क्याम्पस सञ्चालक समितिका पदाधिकारीहरु, क्याम्पस सल्लाहकार समितिका पदाधिकारीहरु, क्याम्पस संरक्षकहरु, क्याम्पस आजीवन सदस्यहरु, क्याम्पसमा प्राध्यापनरत शिक्षक शिक्षिकाहरु, क्याम्पस अन्तर्गत एम.बि.एस., बि.बि.ए, बि.आइ.सि.टि.ई., बि.बि.एस., बि.एड. र बि.ए. मा अध्ययनरत विद्यार्थीहरु, यस क्षेत्रमा सञ्चालन भएका विभिन्न माध्यमिक विद्यालयका शिक्षक प्रतिनिधि साथै विद्यार्थीहरु, अभिभावक साथै स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा शुभकामना मन्तव्य प्रस्तुत गर्दै प्रमुख अतिथि लामिछानेले विद्यार्थीहरुलाई व्यावसायिक ज्ञान प्रदान गर्न यस्तो नमुना कार्यक्रम सञ्चालन गरेकोमा सम्बद्ध सम्पूर्णलाई धन्यवाद दिनुभयो । साथै सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा उतार्न कार्यक्रम निकै फलदायी भएको विचार व्यक्त दिनुभयो ।
विद्यार्थीहरुद्वारा आयोजना गरिएका उक्त खाना महोत्सव तथा विविध सांस्कृतिक कार्यक्रममा मम, चउमिन, पकौडा, चिया, कफी, ढेकरी, घोंगी, चिकन ललिपप, चटपट, बटुक लगायतका परिकारहरु बनाइएको थियो । कार्यक्रमलाई थप रोमाञ्चक बनाउन अभिभावकहरुको घैटो फुटाइ प्रतियोगिता , खाना प्रतियोगिता, विद्यार्थीहरुको व्यालुन व्लास्ट प्रतियोगिता, समेत संचालन गरिएको थियो भने विद्यार्थीहरुद्वारा विभिन्न संस्कृतिक कार्यक्रम तथा गीत प्रस्तुत गरिएको थियो । कार्यक्रम समापनको अवसरमा बोल्दै सभाध्यक्ष पङ्गेनीले सहयोगी सम्पूर्ण हातहरुलाई धन्यवाद दिनुभयो । बि.बि.ए. सातौँ सेमेस्टरमा अध्ययनरत छात्र शिशीर चौधरीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन बि.बि.ए. तेस्रो, बि.आइ.सि.टि.इ. आठौँ, बि.एड. बि.बि.एस. दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु दुर्गा पङ्गेनी, मनिषा ज्ञवाली, दुर्गा न्यौपाने, समिक्षा भुषाल र जानुकी चापागाद्वारा गरिएको थियो ।