ज्योति पुञ्ज युवा क्लबकाे आम भेला रामपुरमा सम्पन्न
सिर्जना घिमिरे
पाल्पा, २४ साउन । ज्योति पुञ्जकाे युवा क्लबको आयोजनामा आम्दानी खर्च सार्वजनिक तथा आम भेला सप्पन्न भएको छ ।
क्लबका अध्यक्ष सुन्दर रानाको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक बर्ष २०८२ को आयव्यय विवरण सार्वजनिक गरिएको छ ।
किसानबारी खेलमैदान निर्माण तथा स्तरोन्नति , चौथो ज्योति पुञ्ज कप २०८३ संचालन तथा पूर्व तयारी, क्लबकाे आगामी योजना तथा कार्यक्रम तय गर्ने सम्बन्धमा छलफल गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले खेलको रामपुरको पहिचानलाई अगाडि बढाउन र खेलकुदकाे विकासमा ज्योति पुञ्ज युवा क्लबकाे महत्त्वपूर्ण याेगदान रहेकाे चर्चा गर्नुभयाे । उहाँले रामपुरमा पर्यटन प्रवर्द्धन र खेलकुदको बिस्तारका लागि ज्याेतिपुन्ज कप प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताउनुभयो । नगरप्रमुख थापाले रामपुरको गौरवको बिषय खेलकुदको माध्यमबाट बालबालिकालाई पढाइका साथै अतिरिक्त क्रियाकलापमा आकर्षित गर्नुपर्ने बताउनुभयो । उहाँले रामपुरका विभिन्न स्थानमा खेलकुदको बिकास गर्न नगरपालिकाले ध्यान दिएर बजेट बिनियोजन गरेर काम गर्दै आएको उल्लेख गर्नुभयो ।
रामपुर ७ किसानबारीमा भएको कार्यक्रममा रामपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष दोबराज तिवारी, रामपुर उद्योग बाणिज्य संघका अध्यक्ष पुरुषाेत्तम केसी लगायतले यस क्लबले विगतमा गरेका गतिविधिको समिक्षा गर्दै क्लबको समग्र बिकाशको याेजनाबारे धारणा राख्नुभएको थियो ।
कार्यक्रममा तेस्रो ज्योति पुञ्ज कप फुटबल प्रतियोगिता २०८२ मा ४१ लाख ५७ हजार १ सय ३८ रुपैयाँ आम्दानी भएको थियो । ४० लाख १२ हजार ९ सय ४६ रुपैयाँ खर्च भएको छ । १ लाख ४४ हजार १ सय ९२ रुपैयाँ बचत भएको आर्थिक संयोजक सुदीप गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार १ लाख २९ हजार ५५ रुपैयाँ उठ्न बाँकी छ ।
कार्यक्रममा सल्लाहकार हजिलदिन मियाँ, देवेन्द्र प्रसाद पोखरेल, रामपुर नगरपालिकाका योजना शाखा प्रमुख विक्रम बस्नेत, प्रेम प्रकाश श्रेष्ठ, बासुदेव ढकाल, गुरू प्रसाद घिमिरे, मित्रलाल गौतम , रमेश आचार्य, खेमराज गौतम, लेखनाथ शर्मा मरासिनी, केशव श्रेष्ठ लगायतले खर्च कम गर्नुपर्ने बताउनुभयो । खेलमैदानलाई अझ ब्यबस्थित गर्नुपर्ने, ज्योति पुञ्ज कप प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
क्लबका अध्यक्ष सुन्दर रानाले स्वागत गर्नुभएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष कृष्ण पौडेलले गर्नुभएको थियो ।
किसानबारी खेलमैदानलाई व्यवस्थित गर्न आर्थिक वर्ष २०८१/०८२ मा रामपुर नगरपालिकाबाट विनियोजित भएको ५० लाख रुपैयाँको लागतमा चौरको चारैतिर पर्खाल निर्माण गरिएको छ ।
आर्थिक वर्ष २०८२/०८३ मा १ करोड ७५ लाख विनियोजन गरिएको छ । रामपुरमा खेलकुदको विकासमा ज्योति पुञ्ज युवा क्लब सक्रिय रहेको छ ।
यसकाे बृहत्तर विकासमा नगरपालिकाले पनि सहयाेग गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस