आमा बहुउद्देश्यीय सहकारीको पाँचौ साधारण सभा सम्पन्न

खबर संसार
२९ पुष २०८० १६:१५

मिलन विश्वकर्मा
पाल्पा, २९ पुस । आमा बहुउद्देश्यीय सहकारी संस्था कालीगण्डकी गाउँपालिका-४ बिर्घा स्याङ्जाको पाँचौ साधारण सभा शनिबार बनकसीमा सम्पन्न भएको छ ।

सभामा प्रमुख अतिथि कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले सबै क्षेत्रको समन्वय र सहकार्य सिंगो गाउँपालिकाको विकास हुने बताउनुभयो । देशभरिकै स्थानीय तहमध्ये यस गाउँपालिकालाई नमुना बनाउने उद्देश्यका साथ आफूले काम गरिरहेको उहाँले बताउनुभयो । शिक्षा, स्वास्थ्यलाई गुणस्तर बनाउने गरी काम भइरहेको छ । यहाँका कुनै पनि बिरामीले पैसा नभएर उपचारबाट बन्चित हुनुपर्ने छैन । एक घर एक धारा अभियान अन्तर्गत खानेपानीका योजना सञ्चालन भइरहेक छन् । सडक निर्माणदेखि पिच गर्ने कामलाई तीव्रता दिएको अध्यक्ष थापाले बताउनुभयो । यहाँका युवालाई स्वरोजगार बनाउने काममा सहकारीसँग गाउँपालिका सहकार्य गरेर काम गर्न तयार रहेको उहाँले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष सावित्रा कोइरालाले कारोबार मात्रै नभई आर्थिकोपार्जन क्षेत्रमा जोडेर यहाँका नागरिकलाई आत्मनिर्भर बनाउने कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभयो ।

साधारण सभामा पूर्व प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले निम्न वर्गको आर्थिकस्तर सुधार हुनेगरी सहाकारीले काम गर्नुपर्ने बताउनुभयो ।

कालीगण्डकी गाउँपलिका वडा नम्बर ४ का वडाध्यक्ष यादव प्रसाद पाण्डे, सहकारीका सल्लाहकारहरू जलेश्वर पाण्डे, डिआजी बाबुराम पाण्डे, डाक्टर धनबहादुर राना, साना किसान सहकारीका उपाध्यक्ष सुजन भट्टराई, शेयर सदस्य नरबहादुर राना लगायतले शुभकामना दिनुभएको थियो ।

सहकारीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले सहकारीमा आवद्ध सेयर सदस्यहरूका लागि वृहत् कल्याणकारी कार्यक्रम सञ्चालन गर्न आमा आन्दोलन अन्तर्गत यस वर्ष छुट्टै सञ्चालन कार्यविधि तयार पारी सम्बन्धित सरकारी निकायमा दर्ता गराई एउटा आमा फाउन्डेसन सञ्चालनमा ल्याउने योजना सुनाउनुभयो ।
कालीगण्डकी – काठमाडौ विद्युतीय यातायात सञ्चालन गर्ने लगायत ११ बुदे भावी योजनाबारे बताउनुभयो ।

सचिव मुकुन्द पाण्डेले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष शोभाकर पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन सह-कोषाध्यक्ष डिल्लीनारायण पाण्डेले गर्नुभएको थियो ।

आमा सहकारीमा ७५९ सेयर सदस्य रहेका छन् । सहकारीले करिब ११ करोड बराबरको कारोबार गर्दै आएको कोषाध्यक्ष शोभाकर पाण्डेले बताउनुभयो ।

कार्यक्रमका अवसरमा असल बचतकर्ता, असल कारोबारी, जेष्ठ नागरिक सेयर सदस्य लगायतलाई सम्मान गरिएको थियो ।

सहकारीको बिर्घास्थित कट्टीमा एक करोड बढी लगानीमा आफ्नै भवन निर्माण भएको छ । उद्घाटन पश्चात् यस भवनमा कार्यालय सञ्चालन गर्ने तयारी भइरहेको अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताउनुभयो ।

 

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *