कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिँदै

खबर खुराक
२० असोज २०८० १५:२४

विराटनगर, २० असोज । कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीले राजीनामा दिने भएका छन् ।

कोशी प्रदेशसभाका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनुअगाडि बसेको एमाले संसदीय दलको बैठकमा राजीनामा दिने घोषणा गरेका हुन ।

संविधानको धारा १६८ (५) अन्तर्गत पुन मुख्यमन्त्री हुन नपाउने सुझाव आएपछि राजीनामा दिने निर्णयमा पुगेका हुन ।

दलको बैठकमा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी संविधानको धारा १६८ (३) अन्तर्गत बनेको सरकारले विश्वासको मत पाउन नसके पुन १६८ (५) अन्तर्गत मुख्यमन्त्रीको दाबी गर्न नपाउने सुझाव दिएका थिए ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेको आज ३० दिन पुग्दै छ ।

तर, अहिलेसम्मको राजनीतिक समीकरणमा कार्कीले विश्वासको मत पाउने अवस्था नदेखिएपछि राजीनामा दिन लागेका हुन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *