सेयर बजारमा तीव्र उतारचढाव, साढे एक घण्टामा अढाई अर्बको सेयर कारोबार

खबर खुराक
२५ मंसिर २०८० १३:०९

२५ मङ्सिर काठमाडौं । अघिल्लो दिन पोजेटिभ सर्किट ब्रेक लागेर बन्द भएको सेयर बजार दोस्रो दिन सोमबार भने तीव्र उतारचढाव देखिएको छ । १०:३० बजे खुलेको प्रि-ओपनिङ कारोबारमा बजार २५ अंक बढेको थियो ।

११ बजे नियमित कारोबार सुरु भएपछि घट्न थालेको बजार ६ मिनेटमै २६ अंक घटेर १९३७ मा झर्‍यो । अर्को ६ मिनेटमा बढेर १९८२ अंकमा पुगेको बजार त्यसपछि भने ओरालो लाग्यो । १२ बजे बजार केही सम्हालिंदै अघिल्लो दिनको तुलनामा १९ अंक घटेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *