आगन बहुउद्देश्यीय सहकारीको छैटौं साधारण सभा सम्पन्न

खबर खुराक
१९ पुष २०८२

पुस १९, पाल्पा । आगन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तानसेन नगरपालिका -२ पाल्पाको छैटौं साधारण सभा शनिबार सम्पन्न भएको छ ।
सभामा सहकारीका अध्यक्ष गोपालप्रसाद बस्यालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सभामा प्रमुख अतिथि संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार भीमलाल भट्टराईले आगन बहुउद्देश्यीय सहकारी संस्थाले शेयर सदस्य मैत्री भएर काम गरेको बताउनुभयो । यसका अधिकांश शेयर सदस्य निम्न वर्गका छन् । उनीहरूको  आर्थिक उन्नतिमा सहयोग पुग्ने गरी लगानी गर्न उहाँले सुझाउनुभयो । सबै पक्षको पहलमा सहकारीको प्रगति हुने उहाँले बताउनुभयो

विशिस्ट अतिथि जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भूपति पाण्डेले शेयर सदस्यलाई केन्द्रमा राखेर सहकारीको गतिविधिलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उत्पादक क्षेत्रमा लगानी गर्न उहाँले सुझाव दिनुभयो ।

तानसेन नगरपालिकाका प्रशासकीय अधिकृत भरत आचार्यले नगरपालिका सहकारीसँग आवश्यक सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले आर्थिक,  सामाजिक विकास र सदस्यको आर्थिक गतिविधिलाई सुधार्न सहकारीले भूमिका खेलेको बताउनुभयो । सहकारीले धेरैलाई स्वरोजगार बनाएको उहाँले बताउनुभयो ।

संस्थाका लेखा परीक्षक राधेश्याम ज्ञवालीले
सहकारीमा विकृत भित्रीनबाट रोक्न सचेत हुनुपर्ने बताउनुभयो । यस संस्थाको लेखा व्यवस्थापन राम्रो रहेको छ ।  आर्थिक क्रियाकलापलाई अझै पारदर्शी बनाउन प्रविधि मैत्री बनाउनुपर्ने उहाँले बताउनुभयो ।

संस्थाका अध्यक्ष गोपालप्रसाद बस्यालको अध्यक्षतामा भएको सभामा कोषाध्यक्ष रामप्रसाद खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

उपाध्यक्ष मिलन विश्वकर्माले स्वागत गर्नुभएको कार्यक्रममा सचिव श्रीप्रकाश ढुंगानाले संचालन गर्नुभएको थियो ।

कार्यक्रममा एसईई र प्रमाणपत्र तहमा उत्कृष्ट नम्बर ल्याएर उतीर्ण भएका शेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो ।

असल बचत कर्ता र असल ॠणी,  जेष्ठ शेयर सदस्य, कर्मचारी लगायतलाई नगद, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।


धेरै पढिएको