रामपुर बचत तथा ॠण सहकारीको १८औं साधारण सभा सम्पन्न
सिर्जना घिमिरे
पुस ६, पाल्पा । रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाकाे १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य अर्थ उद्योग तथा पर्यटन समिति सभापति राजुप्रसाद श्रेष्ठले सरकारले सहकारीलाई निर्दयी व्यवहार गरेको बताउनुभएको छ । निस्वार्थ भावले सहकारीले काम गरेको उहाँले बताउनुभयो । बैंकमा पहुँच नभएका र साना उद्यम तथा व्यवसायलाई सहकारीले लगानी गर्नुपर्ने श्रेष्ठले बताउनुभयो ।
आइक्यानका अध्यक्ष नीलबहादुर सारूले देश विभिन्न सहकारी ठगिका घटना बाहिर आएको बताउनुभयो । यस्तो अवस्थामा रामपुर सहकारीले गरेका राम्रा कामको प्रसंशा गर्नुभएको छ ।
कार्यक्रममा पूर्व उपाध्यक्ष नगिलाल पौडेल ,शेयर सदस्य दुर्गादेवी राना, शेयर धनी विष्णुप्रसाद बस्याल लगायतले शुभकामना दिनुभयो ।
कार्यक्रममा नियमित बचतकर्ता , बाल बचत कर्ता, दैनिक बचत कर्ता,असल ऋण कर्ता, रेमिट्यान्स बचतकर्ता गरी १२ जनालाई नगद, सम्मान पत्र र खादा ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष गुरूप्रसाद रेग्मीले वार्षिक प्रगति प्रतिवेदन, सचिव कृतिनाथ श्रेष्ठले प्रस्तावित नीति तथा कार्यक्रम प्रतिवेदन, कोषाध्यक्ष बन्दना पाेख्रेलले आर्थिक प्रतिवेदन, लेखा सु-परिवेक्षण समिति संयाेजक हाेमनाथ अर्यालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा रामपुर अंग्रेजी आवासीय माविका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । सहकारीका सुरक्षागार्ड राजु सुनारले सहकारीको बारेमा गित गाएर प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमका अवसरमा शेयर सदस्यमध्य चिठ्ठामार्फत ८० जना शेयर सदस्यलाई थर्मस प्रदान गरिएको व्यवस्थापक गोविन्द पाठकले बताउनुभयो ।
संस्थाका उपाध्यक्ष बावुराम श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा सचिव कृतिनाथ श्रेष्ठले संचालन गर्नुभएको थियो ।
रामपुर सहकारी संस्थामा ४५ सय ४ जना शेयर सदस्य आवद्ध छन् ।



प्रतिक्रिया दिनुहोस