सन्दीप विरुद्धको मुद्दामा आज पनि सुनुवाई जारी

खबर खुराक
१३ पुष २०८० १०:२२

१२ पुस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ आज पनि हुँदैछ । बिहीबार बहस भएर ‘हेर्दा हेर्दै’मा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुने भएको हो ।

सुनुवाइ नसकिएपछि बिहीबार हेर्दाहेर्दैमा राखिएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा प्रतिवादीकै तर्फबाट बयान नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।

आइतवारदेखि अन्तिम सुनुवाइ शुरू भएको मुद्दामा बिहीवार आदेश आउन सक्ने अपेक्षा थियो । प्रतिवादीको बहस नसकिएको र जवाफी बहससमेत बाँकी नै रहेको अवस्थामा आज पुन: सुनुवाइ हुनेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *