जापान एयरलाइन्सको एउटा विमानमा आगलागी

खबर खुराक
१७ पुष २०८० १६:१४

१७ पुस, काठमाडौं । जापान एयरलाइन्सको एउटा विमानमा आगलागी भएको छ । टोकियोस्थित हानेदा विमानस्थलमा अवतरणका क्रममा विमानमा आगलागी भएको हो ।

मंगलबार साँझ यो घटना भएको जापानको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ ।

घटनास्थलबाट सार्वजनिक तस्बिरमा विमान र धावनमार्गमा आगो देखिएको छ । अवतरणपछि विमान अर्को विमानसँग ठोक्किएको हुन सक्ने अनुमान गरिएको छ । घटना हुँदा विमानमा यात्री सवार थिए ।

जेएएल ५१६ विमानले जापानको होक्काइदोबाट उडान भरेको बताइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *