सिन्धुपाल्चोकमा ४.६ म्याग्निच्यूडको भूकम्प

खबर खुराक
२० पुष २०८०

१९ पुस, काठमाडौं । सिन्धुपाल्चोकमा आज बिहान भूकम्प गएको छ। बिहीबार बिहान १० बजेर १७ मिनेटमा सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रविन्दु भएको ४.६ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

सो धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । केन्द्रका अनुसार, यो ०७२ सालमा गएको विनाशकारी ‘गोरखा भूकम्प’कै परकम्प हो ।