पेन किलरले कसरी दुखाइ कम गर्छ ?

खबर खुराक
२५ पुष २०८० १२:०३

२५ पुस,काठमाडौं । हिजोआज मानिसले दुःखाइ कम गर्न पेनकिलर औषधिको प्रयोग गर्छन् । खेलाडीहरुले खेल मैदानमै तत्काल उपचार पाउन त्यस्ता औषधिको अधिक प्रयोग गर्छन् । तर, वास्तविक रोग भने निको भएको हुँदैन ।

मानिसहरुले अचम्म मान्छन् कि पेनकिलरले कसरी थाहा पाउँछ हाम्रो शरीरमा कहाँ दुःखेको छ भनेर ! चिकित्सा विज्ञहरुका अनुसार जब तपाईं दुःखाइ कम गर्ने औषधि पेनकिलरको सेवन गर्नुहुन्छ तब त्यसले शरीरका घाइते वा क्षतिग्रस्त कोशिकाहरूलाई प्रोस्टाग्ल्यान्डिन बनाउन र शरीरमा प्रवाह हुनबाट रोकिदिन्छ ।

जब कोशिकाहरूले उक्त रसायन प्रवाह गर्दैन,यसको सोझो असर हाम्रो मस्तिष्कमा पर्छ । अर्थात् मस्तिष्कले शरीरको उक्त पीडायुक्त भागको सन्देश ढिलो पाउँछ वा प्राप्तै गर्दैन । मस्तिष्कले थाहा नपाएपछि हामीलाई पीडाको अनुभव पनि हुँदैन । भए पनि कम मात्र हुन्छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *