पोखराबाट पाल्पाको रामपुर जॉदै गरेको जिप तनहुँको भिमादमा दुर्घटना

खबर खुराक
२५ पुष २०८० १३:१३

२५ पुस, तनहुँ । तनहुँको भिमाद नगरपालिका–५ सुनाकोटस्थित बारलथुम्कीको घुम्तीमा भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

पोखराबाट पाल्पाको रामपुर जॉदै गरेको यात्रुवाहक जिप आज दुर्घटना हुँदा घाइते एकको मृत्यु भएको हो । घाइतेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो । मृतकको पहिचान खुल्न बाँकी छ ।

ग१ज ६३५६ नंको जिप घुम्ती सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । जिपमा सवार चालकसहित १२ जनाको उद्धार गरेर जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ल्याइएको हो । थप उपचारका लागि तीनजनालाई पोखरा पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सिडियोलाई स्वागत

३० जेठ २०८१ १६:४३

वृक्षरोपणका लागि तयारी

३१ जेठ २०८१ १८:१३

कवितामा ढोलीमारा

३१ जेठ २०८१ १९:०४