जापान भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २१३ पुग्यो, ५२ जना बेपत्ता

खबर खुराक
२६ पुष २०८० १४:४५

२६ पुस, काठमाडौं । सन् २०२४ जनवरी १ मा जापानमा गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले इशिकावालगायत आसपासका क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या २१३ पुगेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

बिहीबारसम्म भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावामा अझै ५२ जना बेपत्ता रहेको पुष्टि भएको छ । यसैगरी भूकम्पका कारण कम्तीमा ५६७ जना घाइते भएको सार्वजनिक प्रसारक एनएचके टेलिभिजनले जनाएको छ ।

मृत्यु हुनेमध्ये सुजु सहरमा ९८, बाजिमा ८३, अनमिजुमा २०, नानाओमा पाँच, नोटोमा चार, शिका र हाकुई सहरमा एक÷एक जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

क्षेत्रीय सरकारले भूकम्प तथा अन्य आठ प्रकोपसँग सम्बन्धित मृत्युको समेत पुष्टि गरेको छ । भूकम्पको जोखिबाट बाचेका तर आर्थिक विपन्नताका कारण भूकम्पपछिको शारीरिक र मानसिक पिडा तथा चोटपटकले गर्दा मृत्युवरण गरेको सरकार क्षेत्रीय सरकारले जनाएको छ । रासस/सिन्ह्वा



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *