बहुमत नआएपछि नरेन्द्र मोदी भन्छन- हार/जित राजनीतिको हिस्सा हो, गठबन्धनको अंकगणित चलिरहन्छ

खबर खुराक
२३ जेठ २०८१

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हार/जित राजनीतिको हिस्सा भएको बताएका छन्। मन्त्रिपरिषद्को अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले गठबन्धनको अंकगणित चलिरहने बताएका हुन्।

दस वर्षमा आफूले धेरै राम्रा कामहरू गरेको उनको दाबी छ। ‘हार/जित राजनीतिको हिस्सा हो। गठबन्धनको अंकगणित चलिरहन्छ। मैले दस वर्षामा धेरै राम्रा कामहरू गरेको छु। भविष्यमा पनि गर्नेछु,’ उनले भने।

उनले सत्ता संगठन जनताको भावनाअनुसार चल्ने गरेको बताए। उनले मन्त्रीहरूलाई मेहनतका साथ राम्रा कामहरू गरेको भन्दै बधाई तथा शुभकामना दिएका थिए। ‘सत्ता जनताको मर्म र भावनाले निर्देशित हुन्छ। मुस्कुराउँदै… तपाइँहरू सबैले राम्रो काम गर्नुभएको छ। धेरै मेहनत गर्नुभएको छ। तपाइँहरू सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु,’ उनले भने।

-एजेन्सी