दाङमा मदिरा सेवन गरी रड ले हानेर एक पुरुषले गरे श्रीमतीको हत्या

खबर खुराक
७ माघ २०८० १२:२२

७ माघ, बुटवल । दाङमा मदिरा सेवन गरी  रड प्रहार गरेर मध्यरातमा श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरेका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलको नेतृत्वमा गएको प्रहरी टोलीले हत्या आरोपी पण्डुवालेलाई राति नै नियन्त्रणमा लिएको छ । शनिवार राति मदिराले मातेका पेण्डुले घरभित्रै श्रीमती लक्ष्मीलाई स्टिलको रडले टाउकोमा प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

पण्डुवाले श्रीमतीको हत्यापछि आफ्नी श्रीमती हराएको भन्दै खोजी गरिदिन छिमेकीलाई गुहारे । तर सहयोगका लागि पुगेका दुई छिमेकीमाथि पनि पण्डुले रड प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते छिमेकी एक युवा र एक महिला भने उपचारपछि राति नै घर फर्किसकेका छन् ।



प्रतिक्रिया