स्लिपिङ टयाब्लेटले कसरी काम गर्छ ?

खबर खुराक
११ माघ २०८० १६:०४

११ माघ, काठमाडौं । पर्याप्त निद्रा स्वस्थ जीवनको लागि सबैभन्दा महत्त्वपूर्ण र पहिलो सर्त हो । तर आजभोलि धेरैमा अनिद्राको समस्या देखिन्छ । यसको मुख्य कारण मानसिक रुपामा तनाव, चिन्ता वा कुनै कुराको डर हुनसक्छ । यीबाहेक गम्भीर मानसिक समस्याको कारण पनि अनिद्राको समस्याले सताउँछ ।

यसरी दिनानुदिन रातभर जाग्राम बस्न थालेमा दैनिकीमा त असर गर्छ नै, मानसिक असन्तुलन, डिप्रेसन, रक्तचापमा असन्तुलन र कमजोर मानसिकताको सिकार हुन पनि समय लाग्दैन । यसबाट बच्न एउटा सहरा जस्तो बनेको छ, स्लिपिङ टयाब्लेट । तर जथाभावी तथा लगातार खानु स्वास्थ्यमा अन्य समस्या ल्याउन सक्ने जोखिम हुनसक्छ ।

त्यसैले यो खानुभन्दा पहिले यो कस्तो औषधि हो ? कसरी काम गर्छ ? कति मात्रा खाने ? र, साइड इफेक्ट के छन् ? जान्न जरुरी छ ।

अनिद्राको समस्या हुँदा दिइने औषधि हो स्लिपिङ टयाब्लेट। यसले दिमागलाई शान्त पारी सहज तरिकाले निद्रा लगाउन मद्दत गर्छ । यी औषधि बेन्जोडायजेपाइन समूहका लोरी, क्लोनाज, अल्प्राजोलम, जेन्याक्स, क्लोनाजेपाम, इस्टाजोलम, ओराजेपाम, ट्रियाजोलम नाममा आउँछ । जुनबिना चिकित्सकको सल्लाह खान मिल्दैन ।

यो औषधिले कसरी काम गर्छ ?

निद्रालाई नियन्त्रण गर्ने काम दिमागभित्र रहेको हाइपोथेलामसले गर्छ । यसमा कुनै किसिमको बाधा भएमा निद्रा नलाग्न सक्छ । हाम्रो दिमागमा निद्रा लगाउने इपिसेन्टरहरु हुन्छन् । जसलाई गीएबीए पनि भनिन्छ । यी औषधिले गीएबीएको स्तर बढाउँछ । जसले दिमागलाई आराम दिई निद्रा लगाउँछ ।

त्यस्तै दिमागमा उत्पादन हुने हिस्टामिन रसायनको मात्रा बढी भएमा पनि ब्युँझाइराख्न सक्छ । यस्तोमा औषधि खाँदा ती रसायनको बढिरहेको मात्रा घटाइदिन्छ । र, निद्रा लाग्छ । निद्राको औषधि लिएको २० देखि ३० मिनेटपछि असर देखाउन थाल्छ ।

कस्तो अवस्थामा औषधि सिफारिस दिइन्छ ?

कसरी बस्छ लत ?

चुरोट र रक्सी जति खाए त्यति लत लाग्छ । त्यस्तै धेरै यी औषधि खाएमा लत बस्न सक्छ । किनकि यी औषधिको काम दिमागलाई आराम गराउने हो । आराम गराउनलाई निद्राको इपिसेन्टरमा भएको रसायनमा घटबढ गराउँछ । जसकारण जति धेरै यो औषधि प्रयोग हुन्छ । त्यति दिमाग र शरीर औषधि अनुकूल काम गर्न थाल्छ । र, औषधिमा निर्भर हुन थाल्छ । जसकारण औषधि छोड्न मुस्किल हुनसक्छ । लत लागेमा पुनः छटपटी हुने, निद्रा नलाग्ने जस्ता लक्षण देखिन्छ । र, औषधि थप्दा लक्षण कम हुन थाल्छ । त्यसैले यो औषधि महिनौंसम्म खान हुँदैन । चिकित्सकको सल्लाह बमोजिम खाने हो भने यो औषधि सुरक्षित हुन्छ ।

साइड इफेक्ट

-लामो समयसम्म झुम्म र लट्ठ बनाउनु ।

-लगातार केन्द्रित भएर गर्न पर्ने काम गर्न नसक्नु ।

-टाउको दुख्नु ।

-डायरिया हुनु ।

-एलर्जी आउन सक्छ ।

औषधि खाँदा अपनाउनुपर्ने सावधानी

-कहिलेकाहीं बिरामीले औषधि एउटा खाँदा भएन भनेर दुई-तीनवटा खाइदिन्छन् । जसले ओभरडोज भएर शरीर लट्ठ पार्न सक्छ । धेरै ओभरडोज भइराखेमा ज्यान जान सक्छ । त्यसैले चिकित्सकले भनेअनुसार डोजको औषधि सेवन गर्नुपर्छ ।

-केहीलाई औषधि खाएको भोलिपल्ट पनि झुम्म बनाउने, शरीर आलस्य हुने जस्ता समस्या देखिन सक्छ । यस्तो समस्या देखिएमा मन परामर्श लिनुपर्छ ।

-औषधि आफूखुसी छोड्दा बेचैनी र छटपटी हुनसक्छ । औषधि नखाई निद्रा नलाग्ने हुनसक्छ ।

-दमको समस्या भएका यसको प्रयोगले अक्सिजन कम गराई श्वासप्रश्वासमा समस्या ल्याउन सक्छ ।



प्रतिक्रिया