प्रतिनीधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल

बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन अध्ययन गरी आवश्यक कारबाही गर्छु

खबर संसार
६ फागुन २०८० १३:२२

६ फागुन,काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनामा छानबिन समितिले दिएको रिपोर्ट अध्ययन गरी आवश्यक कारबाही गरिने बताउनुभएको छ ।

आईतबार प्रतिनीधि सभाको बैठकमा बोल्नुहुँदै प्रधानमन्त्री दाहालले छानबिन समितिले प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको र आजमात्रै आफूले सो प्रतिवेदन बुझ्ने बताउनुभएको हो । उहाँले अहिलेसम्म आफूले प्रतिवेदन नहेरेको भन्दै आजै हेर्ने र आजै बस्ने मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन अध्ययन गरी आवश्यक कारबाही गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “छानबिन समितिले जो प्रतिवेदन ल्याएको छ । गृह मन्त्रालयमा छानबिन समितिले बुझाएको छ । आज मैले बुझ्दै छु प्रधानमन्त्रीको हैसियतले । अहिलेसम्म मैले हेरेको छैन । मैले हेर्दैछु। आजै मन्त्रिपरिषद् छ त्यसलाई सरकारले बनाएको छानबिन समितिले छानबिन गरेर ल्याएको प्रतिवेदनको अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ ।”

उहाँले यस घटनालाई सरकारले गम्भिरतापूर्वक लिएर तत्काल १०-१० लाख रुपियाँ परिवारलाई दिने निर्णय गरिनुका साथै श्रम मन्त्रालयबाट सम्बन्धित कार्यालयबाट पनि रकम उपलब्ध गराउन निर्देशन भएको बताउनुभयो । परिवारका एक-एक जनालाई रोजगारीको व्यवस्था गरिने पनि उहाँको भनाइ छ ।



प्रतिक्रिया