रवि लामिछाने प्रकाउ

पोखरामा रास्वपाको प्रदर्शन, रवि लामिछानेको पक्षमा नाराबाजी

प्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने

खबर खुराक
३ कार्तिक २०८१

पोखरा , ३ कात्तिक।  पोखरामा पूर्व गृहमन्त्री रवि लामिछानेको पक्षमा प्रदर्शन भएको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविको पक्षमा शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समर्थकहरूले पोखराको मानवअधिकार चोकमा प्रदर्शन गरेका हुन् ।

दलाल माफियाहरू होसियार, राजनीतिक प्रतिशोध बन्द गर, सहकारी पीडितलाई न्याय दे लगायतका नारा उनीहरूले लगाएका थिए ।

रास्वपाका सभापतिसमेत रहेका रविलाई शनिबार साँझ काठमाडौंबाट पक्राउ गरेर स्थलमार्ग हुँदै शनिबार बिहान कास्की ल्याइएको हो ।

ठगी र संगठित अपराधमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले रविलाई पक्राउ गर्न अनुमति दिएसँगै प्रहरीले लामिछानेलाई शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरेको हो ।

रवि पक्राउ परेपछि राति नै पोखरा आइपुगेका स्वर्णिम वाग्ले र तोसिमा कार्कीले उक्त प्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने बताइएको छ ।