प्रधानमन्त्रीले डाके बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक बस्दै

समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने

खबर खुराक
७ कार्तिक २०८१

काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूको बैठक डाकेका छन् ।  बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।  बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरू सहभागी हुनेछन् ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ ।  अहिले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशमा सत्तारुढ दलहरूभित्र मतभिन्नता छ । सो विषयमा पनि छलफल हुने सक्ने बुझिएको छ ।

यद्दपि प्रधानमन्त्री ओलीले अहिले अध्यादेश ल्याउने सरकारकाे तयारी नभएको बताएका छन् ।  त्यस्तै संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन र त्यसपछि उत्पन्न भएका राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुनेछ ।


धेरै पढिएको