राष्ट्रिय युवा संघ नेपाल पाल्पाको दशौँ अधिवेशन भोलि, तयारी पूरा

खबर खुराक
२६ फागुन २०८१

मिलन विश्वकर्मा
पाल्पा, २६ फागुन । राष्ट्रिय युवा संघ नेपाल पाल्पाको दशौँ अधिवेशन मंगलबार (भोलि) हुने भएको छ ।

अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको युवा संघ पाल्पाका अधिवेशन संयोजक कृष्ण कार्कीले बताउनुभयो ।

जिल्लाको सदरमुकामस्थित तानसेन नगरपालिकाको सभाहलमा हुने अधिवेशन बिहान ११ बजे सुरू हुनेछ ।

अधिवेशनको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले उद्घाटन गर्ने कार्यक्रम रहेको संयोजक कार्कीले बताउनुभयो ।

अधिवेशनमा २४३ प्रतिनिधि सहभागी हुनेछन् । जिल्ला भरिका ८१ वडाबाट प्रतिनिधिको सहभागिता
रहनेछन्। एक वडाबाट एक महिला अनिवार्य गरी तीन जना प्रतिनिधि अधिवेशनमा आउने उहाँले बताउनुभयो ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।