राष्ट्रिय युवा संघ नेपाल पाल्पाको १०औं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा कार्की

खबर खुराक
२७ फागुन २०८१

मिलन विश्वकर्मा
पाल्पा, २७ फागुन । राष्ट्रिय युवा संघ नेपाल पाल्पाको १०औं जिल्ला अधिवेशन मंगलबार तानसेनमा सम्पन्न भएको छ ।

अधिवेशनले कृष्ण कार्कीको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा सुमन पोखरेल (रिब्दीकोट) सचिवमा हरिबहादुर ज्ञवाली, सहसचिवमा भिमिसरा खाम्चा, योगेन्द्र सारू र कोषाध्यक्षमा सुमन पोखरेल (तानसेन) रहेका छन् । सर्वसम्मत नयाँ नेतृत्व निर्वाचित भएको हो ।

अधिवेशनको उद्घाटन युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले गर्नुभएको थियो । उहाँले युवाको नेतृत्व युवा संघले गरेको बताउनुभयो । युवाको मेरुदण्ड यो संगठन हो। अहिले संगठन निर्माण र पुनर्गठन गर्ने अभियान चलेको उहाँले बताउनुभयो । नयाँ नेतृत्वलाई वर्तमान कार्यभार के हो भन्नेबारे स्पष्ट भएर अगाडि बढ्न अनुरोध गर्नुभयो। युवामैत्री परिस्थिति निर्माण गरेर युथ फोर्स ब्युताउन उनले निर्देशन दिनुभयो ।

कार्यक्रममा प्रमुख वक्ता नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरेले मुलुकको विकास र रक्षार्थका लागि युवा संघले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा संघका महासचिव सुमन पुरी, केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज खेमराज शर्मा, केन्द्रीय सचिव बलराम बेलबासे, नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्ती मगर, एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य धनेन्द्रराज घिमिरे, प्रदेश पार्टी युवा इन्चार्ज तुलबहादुर अधिकारी, जिल्ला पार्टी युवा इन्चार्ज दीपक विश्वकर्मा, युवा संघका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल, युवा संघ पाल्पाका निवर्तमान अध्यक्ष बिष्णु आचार्य लगायतले शुभकामना दिनुभएको थियो ।

कृष्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज जीवन थापाले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव विजय रानाभाटले गर्नुभएको थियो ।


धेरै पढिएको