एमाले पाल्पा संगठन विभागको बैठक सम्पन्न

खबर खुराक
२७ चैत २०८१

पाल्पा, २७ चैत । नेकपा एमाले पाल्पा संगठन विभागको पहिलो बैठक तानसेनमा सम्पन्न भएको छ ।
बैठकमा पालिका कमिटीका अध्यक्षले रिपोर्टिङ गरेका थिए । ३ महिने वडा केन्द्रीत पार्टी अभियानबारे बैठकमा छलफल भएको थियो । प्रभावकारी रुममा बाँकी अभियान संचालन गर्न बैठकले निर्देशन दिएको थियो ।

यस्तै पार्टी सदस्य नवीकरण चैत मसान्तसम्म सम्पन्न गर्ने, १० पालिका कमिटी र ८१ वडाको अधिवेशन सम्पन्न भइसकेको छ । अहिले टोल अधिवेशन चलिरहेको छ । हालसम्म ३ सय १७ टाेल कमिटी गठन भएको संगठन विभाग प्रमुख रामजी पोखरेलले बताउनुभयो ।

असार मसान्तसम्म पार्टी सदस्यको व्यक्तिगत विवरण सहितको अनलाईन कार्य सम्पन्न गर्ने निर्णय भएको छ ।

यही चैत २९ गते बुटवलमा हुने जनजागरण सभामा जिल्लाबाट ५ हजार बढी सहभागी गराउने गरी तयारी गर्नुपर्ने बैठकले निर्देशन दिएको संगठन सचिव दीपक विश्वकर्माले बताउनुभयो ।

बैठकमा प्रमुख अतिथि नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा पाल्पा इन्चार्ज ठाकुर गैरेले जरा अभियानलाई प्रभाकारी बनाउनुपर्ने बताउनुभयो । पार्टीका गतिविधि जनता केन्द्रित संचालन गर्न उहाँले निर्देशन दिनुभयो ।

बैठकमा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य धनेन्द्रराज घिमिरे, एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तिमगर लगायतको उपस्थिति रहेको थियो ।


धेरै पढिएको