‘सरकार विध्वंसको जगमा बनेको हो, चुनाव गराउने बाटोमा छैन’ : शंकर पोखरेल

खबर खुराक
६ मंसिर २०८२

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार विध्वंसको जगमा बनेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौँमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा अहिलेको सरकार निर्वाचन गराउने बाटोमा नभएको पनि जिकिर गरेका छन् ।

‘विध्वंसको जगमा खडा भएको सरकार चुनावको कुरा गर्छ,’ पोखरेलले भने, ‘म बताउन चाहन्छु, अहिलेको सरकार के चुनाव गराउने बाटोमा अघि बढेको छ ? छैन ।’

साथै, उनले प्रहरीको मनोबल बढाउन र सक्षम बनाउने कुरामा सरकार असफल भएको बताए ।

‘जबसम्म प्रहरीलाई सक्षम र सबल बनाइँदैन, तबसम्म मुलुकमा शान्ति सुरक्षा हुन सक्दैन भन्ने कुरालाई सरकारले उपेक्षा गरिरहेको छ,’ पोखरेलले भने ।