महाकवि देवकोटा क्याम्पसमा अनुगमन सम्पन्न

खबर खुराक
२२ पुष २०८२

आज मिति २०८२/०९/२२ गतेका दिन यस महाकवि देवकोटा क्याम्पस अनुगमनको लागि उपस्थित हुनु भएका विश्वविद्यालय अनुदान आयोग (यू.जि.सी) नेपाल साथै विश्व बैंकका प्रतिनिधिहरु र महाकवि देवकोटा क्याम्पसका प्रतिनिधिहरुका बीच क्याम्पसका विविध विषयमा छलफल सम्पन्न भयो ।
उक्त छलफलमा महाकवि देवकोटा क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछाने, सुनवल नगरपालिका वडा नं.४ का वडाध्यक्ष बालकृष्ण पङ्गेनी, विश्व बैंकका प्रतिनिधि टे्रशी घले जेण्डर स्पेसलिस्ट (एस.टि.सी), विश्वविद्यालय अनुदान आयोग नेपालका एसिस्टेण्ट डाइरेक्टर, फाइनाइन्स युनिट धनकृष्ण प्रजापती, सिनियर एसिस्टेण्ट, रिर्फम युनिट (नेहेप) ममता प्रजापती, इन्भारमेण्ट स्पेसलिस्ट अजय भक्त माथेमा, क्याम्पस सञ्चालक समितिका पदाधिकारी, क्याम्पस सल्लाहकार समितिका पदाधिकारी साथै क्यम्पसका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा क्याम्पस प्रमुख नारायण प्रसाद ढकालले विश्वविद्यालय अनुदान आयोग नेपाल र विश्व बैंकका प्रतिनिधिहरु समक्ष क्याम्पसको शैक्षिक, भौतिक, वातावरणीय साथै अन्य समग्र अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।
विश्वविद्यालय अनुदान आयोग साथै विश्व बैंकका प्रतिनिधिहरुले क्याम्पसको समग्र पक्षको अनुगमन गरी सुझाव प्रस्तुत गर्नु भएको थियो ।
छलफलका क्रममा वडाध्यक्ष पङ्गेनीले सुनवल नगरपालिका क्याम्पसलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको विचार व्यक्त गर्नुभयो ।
सोही अवसरमा अध्यक्ष लामिछानेले क्याम्पस अनुगमनको लागि उपस्थित हुनु भएका विश्वविद्यालय अनुदान आयोग (यू.जि.सी) नेपाल साथै विश्व बैंकका प्रतिनिधिहरुबाट प्राप्त भएका सुझावलाई अक्षरस पालना गरी क्याम्पसको समग्र विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


धेरै पढिएको