एमाले तानसेन-३ को निर्वाचन परिचालन कमिटी सम्पर्क कार्यालय उद्घाटन
मिलन विश्वकर्मा
पाल्पा, १८ माघ । नेकपा एमाले तानसेन-३ वडा कमिटीको निर्वाचन परिचालन कमिटी सम्पर्क कार्यालयको आइतबार उद्घाटन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय लेखा आयोगका उपाध्यक्ष धनेन्द्रराज घिमिरेले कार्यालयको उद्घाटन गर्नुभएको हो ।
घिमिरेले यतिबेला एमालेलाई घेरा बन्दी गरिएको छ । एमाले हार्नु भनेको मुलुक नै हार्नु हो । समय परिस्थिति अनुकूल हुँदा मात्र नभई प्रतिकुल हुँदा पनि देश र जनताको हितमा एमाले कटिबद्ध भएर अगाडि बढेको उहाँले बताउनुभयो ।
अहिले सिंगो मुलुक खतरामा छ । मुलुकलाई निकास दिन एमालेका उम्मेदवारले जित्नु आवश्यक छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनबाट एमाले पहिलो पार्टी बन्ने छ । मुलुकलाई निकास दिने एक मात्र पार्टी एमाले नै भएको उहाँले बताउनुभयो ।
पाल्पाको दुवै क्षेत्रमा एमालेको विजयी सुनिश्चित छ । व्यवस्थित भएर पार्टी प्रचारप्रसारमा लाग्न अनुरोध गर्नुभयो ।
नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरले एमालेले गरेका राम्रो कामको प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो । एमालेले नै देशको विकास गर्ने । संकटमा परेको देशलाई बचाउन एमालेका उम्मेदवारलाई अमूल्य मत दिएर विजयी गराउन अपिल गर्नुभयो । घर्तीमगर समानुपातिक उम्मेदवार हुनुहुन्छ ।
वडा कमिटी अध्यक्ष कृष्ण पाण्डेले कार्यालयबाट प्रभावकारी रूपमा उम्मेदवारको प्रचारप्रसा गरिने बताउनुभयो । केही दिनमा घरदैलो अभियान थालिने उहाँले बताउनुभयो ।
कृष्ण पाण्डेको अध्यक्षतमा भएको कार्यालय उद्घाटन कार्यक्रम अगुवा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
सहसचिव रामप्रसाद तिमिल्सिनाले स्वागत गर्नुभएको कार्यक्रममा सचिव रेनुका बश्यालले संचालन गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस