बुटवल महामेलामा चौथो दिन आज कुलेन्द्र विकको प्रस्तुति रहने

खबर खुराक
४ चैत २०८२

हाम्रा संवाददाता

रुपन्देही ४, चैत । बुटवल महामेलामा आज पनि राष्ट्रिय कलाकार प्रस्तुति रहने छ ।

चैत्र २ गतेको हावाहुरीले केही भौतिक क्षेती भएको थियो । भौतिक संरचना पुनः निर्माण तथा मर्मतपछि मेला चैत्र ३ गते देखिनै संचालन भएको संयोजक गोबिन्द प्रसाद भुसालले बताउनुभयो ।

चैत्र २ गतेको हावाहुरीले भौतिक संरचनमा क्षेती पुर्यायो । पुर्ण क्षेतिको पुनः निर्माण हुँदै छ,आंशिक क्षेती ममर्त भै सकेको भुसालले बताउनुभयो।

मेलाको आज चौथो दिन आज मुख्य आकर्षक चर्चित लोक गायक कुलेन्द्र विश्वकर्मा र गायिका कला लम्सालको प्रस्तुति रहने सास्कृतिक संयोजक दिपेन्द्र न्यौपानेले बताउनुभयो । साथै हास्यकलाकार माइला बा, लोक गायिका शीला गुरुङ, गायक दिपेन्द्र पाण्डे, टप सोनी डान्स ग्रुप, जेडिसी डान्स स्टुडियोको प्रस्तुति रहने न्यौपानेले बताउनुभयो ।

चैत्र १ देखि सुरू भएको मेला २४ गतेसम्म संचालन हुनेछ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले मेलाको उद्घाटन गर्नुभएको हो ।

मेलमा घरायसी सामान, कृषि सामान किनमेल गर्न सकिनेछ । साथै बाल उद्यान, जलपरी, भगवान शिवको मुर्ति, कस्मिरे हिल, लुम्बिनी शैलीमा सचिवालय पनि मेलाका आकर्षण बनेका छन ।