बुटवल महामेलामा दर्शकको आकर्षण बढ्दो, आज समीक्षा अधिकारी आउने

खबर खुराक
५ चैत २०८२

रूपन्देही, ५ चैत । बुटवलको देवीनगरस्थित रंगशाला दिनभर जस्तो सुनसान जस्तै हुन्छ । साझ ४ बजेपछी झिलिमी बत्तिको उज्यालो सहित रमाइलो बन्दै जान्छ ।

कारण हो बुटवल महामेला -२०८२ । चैत्र १ गतेबाट सुरू भएको मेलाको दैनिक रौनक बढ्दै गएको छ ।

मेलाको चौथो दिन बुधबार दर्शकको घुइँचो नै लाग्यो । हावाहुरीले एक दिन  प्रभावित भएको मेलामा दर्शक बढ्दै गएका हुन । क्षति भएका संरचना निर्माण भएलगत्तै मेलामा रौकन बढेको मेला संयोजक गोबिन्द भुसालले बताउनुभयो ।

अहिले स्टलहरूमा किनमेल सुरू भइ सकेका छन्  । मुख्य आकर्षक जलपरी बनेको छ ।  जलपरी हेर्ने दर्शक भीड लाग्ने गरेको उहाँले बताउनुभयो । विभिन्न सेल्फी जोनमा फोटो खिच्नेको लर्को लागेको भुसालले बताउनुभयो ।
बुधबार मेलाको चौथो दिन हो । चर्चित लोक गायक कुलेन्द्र बिश्वकर्मा र कला लम्सालले दर्शकलाई नचाएका थिए । हास्य कलाकार माइला बा,लोक गायिका शिला गुरुङ्ग,लोक गायक दिपेन्द्र पाण्डेले प्रस्तुत गरेको सांस्कृतिक संयोजक दिपेन्द्र न्यौपानेले बताउनुभयो ।

बिहीबार (आज) चर्चित गायिका समीक्षा अधिकारीको प्रस्तुति रहनेछ । साथै सम्झना रणपाल,वसन्त लम्साल,लक्ष्मी बस्नेत, मिस्टर पाण्डे लगायतका कलाकारको प्रस्तुति रहने न्यौपाने बताउनुभयो ।

मेला चैत्र २४ गतेसम्म संचालन हुनेछ ।