बुटवल महामेलामा माहोल तात्दै, आज हेमन्त शर्मा र श्याम राना आउँदै
रूपन्देही, ६ चैत । चैत लागेसँगै गर्मी बढेको छ । गर्मी भएपनि बुटवल महामेला झन तात्दै गएको छ । दिनानुदिन दर्शकको संख्या बढ्दै गएको छ । महामेलाको रौनक बढेको छ ।
‘बुटवल महामेला-२०८२’ अहिले सितलताको छहारी बन्दै गएको छ । मेला देविनगर खुल्ला मंचमा लागेको मेलाको अवलोकन गरेर सितलताको महसुस गर्न थालेका छन् ।
बेलुकीपख मेलामा गर्मी छ्ल्न, किनमेल गर्न, मन परेका कलाकारसँग रमाउन मेलामा बुटवल वासी पुग्ने गरेका छन । सांगीतिक कार्यक्रममा दर्शक झुमेका छन् ।
संचालन भएको ३ दिन भयो ,दर्शकको आकर्षण पनि बढ्दै गएको छ मेला संयोजक गोविन्द प्रसाद भुसालले बताउनुभयो । मन परेका कलाकार ,सस्तो राम्रो र गुणस्तरीय किनमेल, लण्डन ब्रीज मुख्य आकर्षण बनेका छन् । जलपरी हेर्नेको उत्तिकै भीड रहेको भुसालले बताउनुभयो । कश्मिरे हिलमा चिसो महसुस गर्न पाउने, बालबालिकालाई रमाउन विभिन्न बाल उद्यान रहेका छन् ।
मेलामा विभिन्न ठाउँमा सेल्फी जोन छन् । प्रवेश गर्न साथ गौतम बुद्ध, टिकटक जोन, शिव मूर्ति , लुम्बिनीको शैलीमा सचिवालय, अमेरिककाको ‘स्टयाचु अफ लेवर्टी ‘कतारको बुर्ज खलिफा जस्ता संरचनाले पनि दर्शकको आकर्षण बढेको मेला मुल्यांकन तथा अनुगमन संयोजक दिपु मगरले बताउनुभयो ।
मेलामा दैनीक चर्चित कलाकारको प्रस्तुति रहन्छ । बिहीबार चर्चित गायिका समिक्षा अधिकारीको प्रस्तुति रहेको थियो । साथमा गायक वसन्त लम्साल ,सम्झना रणपाल लगायतको प्रस्तुति रहेको सास्कृतिक संयोजक दीपेन्द्र न्यौपानेले बताउनुभयो । शुक्रवार (आज) चर्चित गायक हेमन्त शर्मा र श्याम रानाको प्रस्तुति रहने न्यौपाने बताउनुभयो ।
मेला चैत्र २४ गतेसम्म लाग्ने छ ।



प्रतिक्रिया दिनुहोस