रैनादेवी छहरामा महिलालाई साबुन र सरफ बनाउने तालिम
पाल्पा, ९ चैत । रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा महिलाहरूका लागि साबुन र सरफ बनाउने तालिम आयोजना भएको छ ।
महिलालाई गाउँघरमै स्वरोजगार बनाउने उद्देश्यले तालिम आयोजना गरिएको गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराईले बताउनुभयो ।
आयआर्जन तथा सीपमूलक कार्यक्रमअन्तर्गत साबुन तथा सरफ बनाउने तालिम सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत विवेक रणपालले बताउनुभयो ।
तालिममा ३३ जना महिलाहरूको सहभागिता रहेको छ ।
तालिम आइतबारदेखि सुरु भएको तालिम ४ दिनसम्म चल्नेछ ।



प्रतिक्रिया दिनुहोस