कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका दुई जना मृत फेला
मिलन विश्वकर्मा
पाल्पा, ६ जेठ । पाल्पामा कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका दुई जना मृत फेला परेका छन् ।
बगनासकाली गाउँपालिका-६ यम्घास्थित शिखर डाँडाका १४ वर्षीय शिशिर गाहा र २४ वर्षीय पूजन गाहा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो ।
शिशिरको बिहीवार रातिनै शव फेला परेको थियो। पूजनको शनिबार बिहान १० बजे घटनास्थल भन्दा केही तल टिपुवा घाटमा नदी किनारमा शव फेला परेको प्रनाउ भट्टराईले बताउनुभयो ।
बिहीवार बेलुकी सवा ५ बजे पौडी खेल्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएका थिए ।



प्रतिक्रिया दिनुहोस