हेर्ने कथाको ‘हराएका बर्षहरु’ हेरेर आँसु किन झर्यो ?

हेर्ने कथाको टीम र बिद्या चापागाईंजिलाई यो खोज पत्रीकाको
एउटा नबिनतम उदाहरणीय सुभ कार्यको लागि हिर्दय देखि नै
धन्यवाद तथा बधाइ दिन चाहान्छु । प्रिय सबैको मन मुटुमा स्थान पाउनु भएका प्रकाश तामाङलाई आगामी पारिवारिक र व्यवसायीक जिबन सफल र उज्वल रहोस धेरै सुभकामना।उत्तरी गोर्खा चुम भ्यालीका प्रकाश लाइ माया गर्ने साथ दिने,सहयोग गर्ने,पारिवारिक संरक्षण दिने, सम्पुणर् गाउलेहरु,उनका साथी सङ्गी तथा उनि बसेको सेर्पा परिवारलाई धेरै धन्यवाद । प्रसारण भएको दुई दिन पछि हेर्ने मौका मिल्यो मलाइ। हेर्दै जादा निकै आँसु झर्यो। रोकि रोकि, आँसु पुछी पुछी हेर्दै गए । परिवारको सदस्यको उपचारको क्रममा म अस्पतालको बसाइमा थिए । वरिपरि अरु बिरामीको आफन्तहरु पनि रहेको र दिउसोको समय भएकोले आशु लुकाउन खोजी रहेको थिए। हुन त म आफै गीतकार र भावनामा डुब्ने मान्छे भएकोले झरेका आशुलाइ सहज रुपमा नै लिन खोजिरहेको थिए। धेरै ठाउमा धेरै पटक भाबुक भए। दुख लाग्यो,नरमाइलो लाग्यो अनि कति ठाउमा निकै आनन्द पनि लाग्यो। प्रकाशको आफ्नो बाबा आमा सङ्गको भेटको क्षणमा खुशीका आँसु झरे। बिद्याजिको आवाज र प्रस्तुती एसै पनि भावुक बनाउने खालकै हुन्छन ।
त्यस पछि धेरैलाई हेर्ने कथा हेर्नू भयो भनेर सोध्न थाले मैले। अनि मेरो दोस्रो प्रस्न आँसु झर्यो कि नाइरु हुने गथ्र्यो। हेरे तर मेरो त आँसु झरेन भन्ने कमै भेटे मैले। जिस्किएर मेरा साथीभाइ, दिदी बहिनीहरुलाई ूहराएका बर्षू हेरेर जस्को आँसु झर्दैन भन्नू होला है म केही पुरस्कार दिन्छु भन्न थाले। मनमा, मस्तिष्कमा हराएका बर्षहरुको हरेक पल खेल्दै गए। प्रकाश सङग जोडिएको र हेर्ने कथा सङग जोडिएको समाचारहरु, सामाजिक सन्जालमा आएका गतिविधिहरु नियाल्दै गए । थप भावनाहरु थपिदै गए मनमा। यो सब एउटा भुमिकाको रुपमा प्रस्तुत गरे मैले ऐले सम्म । अब म मेरो मनमा लागेको मुख्य बिषय बस्तु तिर लाग्छु। कुनै पनि गीत सुनेर, कथा कबिता उपन्यास पढेर ,चलचित्र ,भिडीयो,हेरेर जब हामी रुन्छौ, भावुक हुन्छौ त्यो कथा ,मर्म वा पात्रको भुमिकामा आफुलाइ पाउछौ,आफुलाइ उभ्याछौ अनि हाम्रो आँसु झर्छ या भावुक हुन्छौ । अरुको दुख अरुको हुदा सम्म हामिलाइ त्यति धेरै भावुक बनाउदैन । जब अरुको दुख कष्ट वा कथा हामिले आफ्नो कथा जस्तो मान्न थाल्छौ अनि हाम्रो आँसु रोकिदैन। हामी भावनामा डुब्छौ। कथा सङ्गै बग्छौ। तेसो भए ‘हराएका बर्षहरु’मा त्यस्तो के थियो जस्ले हामी आफुलाइ प्रकाशको ठाउमा राखेउ अनि भावनामा बगेउ र रुन थालेउ त्यो पनि भक्कानो फुट्ने गरि।

(प्रकाश हराएका थिए
म त हराएका छैनरु हामी त हराएका छैनौरु मैले आफू हराएको कल्पना गर्नु पर्ने अवस्था पनि छै अनि किन झर्यो त मेरो आँसुरु
हो प्रकाश हराएका थिए आफू जन्मे हुर्केको ठाँउमा थिएनन
आफै जान सक्दैन थिए । म त आफू जन्मे हुर्केको ठाउमा छु
तर पनि मलाइ पनि हराइरहेकै महसुस हुन्छ। आफ्नो ठाँउमा, आफ्नो गाउमा हुदा जुन माया,सुरक्षा र आत्मनिर्भरता पाउन पर्ने हो त्यो मैले पनि पाउन सकेको छैन। हामिले पाउन सकेका छैनौ।
हामी मध्य कोहि रोजगारिको वा अध्यन कै सिलसिलामा बिदेशमा छौ। अरुको देशमा पसिना र रगत बगाइरहेका छौ ।
आफ्नो पन छैन, आफ्नो केही चल्दैन बिरानो ठाउमा बस्न काम गर्न बाध्य छौ। परिवार देखि कोसौ टाढा छौ। हो हामी देशमा अथवा बिदेशमा रहेर पनि हराइरहेको छौ। हराएकै महसुस हुन्छ।हामी पनि भेटीन चाहान्छौ आफ्नो ठाउमा, आफ्नो गाउमा प्रकाश जस्तै। मनमा बिरानोपनको छटपटी छ आफ्नै ठाँउमा पनि, तेसैले होला कथा मिल्यो परिस्थिति मिल्यो अनि म रोये।हामी रोयौ ।
(प्रकाश सङ्ग नागरिकता थिएन। उनले नागरिकता नभएकोले आफ्नो भबिस्य देखेका थिएनन। बिहे गर्न,सम्पती जोड्न। हामी सङ्ग त नागरिकता छ बेलैमा बनाएका थियौ। अनि किन आँसु झर्यो त हाम्रोरु नागरिकता नभएको ब्यक्तीको पिडामा हामिले आफुलाइ कसरी समाहित गरि रोयौ तरु बास्तबमा हामी सङ्ग नागरिकता भएर पनि भएको जस्तो महसुस गर्न पाइरहेका छैनौ या सकिरहेको छैन। कुनै देशको नागरिकता पाइसके पछि पाउन पर्ने सामान्य शिक्षा, स्वास्थ्य, सुरक्षा र न्यायको अनुभुती गर्न पाइरहेका छैनौ। सायद तेसैले प्रकाशको ठाउँमा आफुलाइ राखेउ र रोयौ। हामी पनि आफुलाइ अनागरिक नै ठान्यौ अनि रोयौ ।
(प्रकाश जन्म दिने बाबा आमा देखि टाढा थिए भेट्न पाएका थियनन। आफै जान सक्दैन थिए। उनलाई बाबा आमाको स्नेह चाहिएको थियो। आफुले बाबा आमा को औसधि उपचार स्याहार सुसार गर्न पाउ भन्ने चाहाना तिब्र थियो। मनमा पिडा थियो। हामी बाबा आमा सङग सङै छौ वा बाबा आमा को माया र काख छोडेर देश अथवा बिदेशमा दुख गरिरहेका छौ। केबल हामिलाइ बाबा आमा कहाँ हुनुहुन्छ थाहा छ तर गर्न केही सकिरहेका छैनौ। बिदेशमा रहेर रगत पसिना बगाएर दुई चार पैसा बाबा आमाको उपचारको लागि पठाउनु सिवाय के नै गर्न सकेको छौ र रु गर्न मन त कति थियो। आफ्नै बाबा आमा सङ्ग सङै बसेर जीवन निर्वाह गर्न हामिलाइ पनि रहर छ तर बाध्य छौ टाढा हुन सायद तेसैले रोए। निकै रोयौ ।

(प्रकाशले एतिका बर्ष काम गर्दा तलब ज्याला केहि पाएनन।
केबल दुख मात्र गरे, काम मात्र गरे। खान बस्न मात्र पाए भन्ने लागेर रोयौ। रोजगारी हुनेहरु पनि रोयौ। रोजगारी नहुने पनि रोयौ। रोजगार भएर महिना मर्दा तलब आउने तर केही गर्न नपुग्ने पनि रोयौ। तलब समयमा नपाउने हरु पनि रोयौ। तलब र कमाइ राम्रै हुने पनि रोयौ। बिदेशमा रगत र पसिना बगाइरहेकाहरु पनि रोयौ। हामिले यहाँ पनि प्रकाश जस्तै तलब बिहिन वा आफ्नो अत्यन्त कम तलब रज्याला सम्झेर आफुलाइ प्रकाश कै ठाउमा राखेर रोयौ।
(हेर्ने कथामा मोटसाइकल ढलेको थियो, मरेको थियो,
झरिरहेका आँसु बिच प्रकाशको त्यो कुराले रुन्चे हासो त ल्यायो
तर मोटसाइकल निर्जीव भएर पनि प्रकाशको सहानुभूति पायो
हामी सजिब भएर पनि ढलेकै अवस्थामा छौ। मरेकै अवस्थामा छौ। हामी जिउदै मरेको कस्ले देख्ला र खै। तेसैले रोयौ। धित मर्ने गरि रोयौ।
(झापाको प्रकाशको पुरानो गाउँमा दिदी बहिनीहरु सङ्ग
भेट हुदा रोयौ। उहाहरुको सादापन, बसाइ,गरिबी देखेर रोयौ।

(भोजपुर जादाको बाटो देखेर रोयौ। हाम्रो देशको बिकास देखेर रोयौ। गरिबी देखेर रोयौ। बाबाको उपचार कसरी भैइरहेको थियो होला भनेर रोयौ। प्रकाशलाई भेट्दा आमा को त्यो निस्चल्ता, त्यो ममता देखेर रोयौ। बाबा आमाको काख नछोडी घर चलाउन नसकिने हामी र हाम्रो देशको अवस्था देखेर रोयौ।

(त्यो विकट बाटो देख्दा चुम भ्यालि प्रकाश कसरी फर्केलान र कहिले फर्केर फेरि घर आउलान भनेर रोयौ। हामी पनि दशैमा घर जान पाए हुन्थ्यो भनेर रोयौ। उनी जस्तै देश बिदेशमा जहाँ छौ त्यहा बाट सधैको लागि आफ्नो बाबा आमा परिवार भएको ठाउमा,आफ्नै गाउमा जान पाए हुन्थ्यो भनेर रोयौ।

(हाम्रो देश कत्तिको बिकास भएको रहेछ। हामी कुन अवस्थामा रहेछौ भन्ने आफ्नै र आफ्नो देशको ऐना हेरेर रोयौ। गरिबी देखेर रोयौ।

हो आँसु निकै झर्यो। यथार्थताले,बिबस्ताले अनि बाध्याताले हामी हरेक नेपाली आफ्नो आफ्नो ठाँउमा देश अथवा बिदेशमा प्रकाश कै जीवन बाचिरहेका छौ। अझ प्रकाशको दोस्रो घर बन्न पुगेको त्यो सेर्पा परिवारको माया र सद्भाव देख्दा बिदेशमा दुख गरिरहेका नेपाली दाजुभाइ दिदिबहिनीहरु को त के कुरा गर्नु हामी आफ्नै ठाउमा दुर्गममा, सुगम मै पनि, परिवार सङ्ग रहेर पनि प्रकाशले जत्तिको पनि सायद जीवन बाच्न पाइरहेका छैनौ।
हाम्रो पनि धेरै बर्षहरु हराइसके। अझ कति हराउने हुन।
एहि माटोमा, एहि बाटोमा केही गरौ भन्दा भन्दै धेरै बर्षहरु हराइसके।
बिदेशमा दुख गरेर आफ्नै देश फर्की रमाउला भन्दा भन्दै पनि धेरै बर्षहरु हराइसके। हामिलाइ कस्ले खोजिदेला। कस्ले भेटीदेला। कस्ले हामिलाइ हाम्रो गन्तव्य सम्म पुराइदेला।
हाम्रो कथा कस्ले पढ्ला। कस्ले हेर्ला। तेसैले रोये। खुब रोये।खुब रोयौ। हामी सबै रोयौ।

डाक्टर बिष्णु मुर्ती भट्टराई
गीतकार तथा सल्यचिकित्सक
बुटवल

Mob.: 9845050417

Email : [email protected]