‘अमेरिकाले अभूतपूर्व र बलियो जनादेश दिएको छ’: जितको नजिक पुगेपछि ट्रम्प

खबर खुराक
२१ कार्तिक २०८१

अमेरिकामा मतगणनाको अन्तिम परिणाम आउन बाँकी नै छ। तर नोर्थ क्यारलाइना, जोर्जा र पेन्सिल्भेनिआजस्ता ‘स्विङ स्टेट’ आफ्नो पक्षमा आउने देखिएपछि डोनल्ड ट्रम्पले आफू विजयी भएको घोषणा गरेका छन्।

परिवारका सदस्य र उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्ससहित मञ्चमा आएका उनले आफूलाई चुनेकोमा मतदातालाई धन्यवाद दिए।

उनको जितको घोषणा भइसकेको छैन। यद्यपि, सम्बोधनलाई उनले विजय भाषणका रुपमा उपयोग गरेका छन्।

‘तपाईंहरुको ४७ औँ र ४५ औँ राष्ट्रपति चुनिने असाधारण मौका दिनुभएकोमा म अमेरिकी जनतालाई धन्यवाद दिन्छु,’ उनले भने, ‘हामी हाम्रो देशलाई निको पार्न सघाउने छौँ।’

आफूले निकै ठूलो राजनीतिक जित प्राप्त गरेको बताउँदै ट्रम्पले अबको युग अमेरिकाको सुनौलो युग हुने दाबी पनि गरे। 

उनले पत्नी मेलानिया र छोराछोरीलाई पनि धन्यवाद दिँदै भने, ‘उनले राम्रो काम गरिन्। मानिसलाई सघाउन निकै मेहनत गर्छिन्।’ एजेन्सी


धेरै पढिएको