महाकवि देवकोटा क्याम्पसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मिति २०८१/०९/०३ गतेका दिन महाकवि देवकोटा क्याम्पसको आयोजनामा यसै क्याम्पसको शिक्षाशास्त्र सङ्काय स्नातकतह वि.आइ.सि.टि.इ. प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई सूचना प्रविधि विषयमा नवीनतम ज्ञान प्रदान गर्ने उद्धेश्यले अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पस संचालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको अध्यक्षता, अमेरिकाको ओरिगन विश्वविद्यालयमा पि.एच.डि. अध्ययनरत इन्जिनियर प्रतिक खनाल र रसिला लामिछानेद्वयको प्रशिक्षकत्व रहेको उक्त कार्यक्रममा सहायक क्याम्पस प्रमुख, वि.आइ.सि.टि.इ. कार्यक्रम संयोजक, शिक्षक शिक्षिका साथै वि.आइ.सि.टि.इ. प्रथम, चौथो र छैठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु गरी ४५ जनाको उपस्थिति रहेको थियो । सो अन्तरक्रिया कार्यक्रममा प्रशिक्षकद्वयले सूचना प्रविधि विषयमा पत्ता लागेका नवीनतम विषयका बारेमा स्पष्ट पार्नु भएको थियो । कार्यक्रमका सभाध्यक्ष लामिछानेले इन्जिनियरेद्वयलाई धन्यवाद दिँदै विद्यार्थीहरुले सूचना प्रविधि विषयमा थप नयाँ कुरा सिक्ने अवसर प्राप्त गरेको विचार व्यक्त गर्नुभयो । उक्त अवसरमा प्रशिक्षद्वयले विद्यार्थीहरुद्वारा सोधिएका प्रश्नको जवाफ दिनु भएको थियो । उक्त कार्यक्रममा सार्वजनिक सूचना शाखाका संयोजक उप प्राध्यापक हरिदत्त शर्माले सहजीकारण गर्नु भएको थियो ।



प्रतिक्रिया दिनुहोस