पाल्पामा पनि एमालेको जनप्रदर्शन, सरकारको राजीनामा र संसद पुनर्स्थापना गर्नुपर्ने माग
मिलन विश्वकर्मा
कात्तिक २९, पाल्पा । नेकपा एमाले पाल्पाले पनि शनिबार बृहत जनप्रदर्शन गरेको छ ।
हजारौंको संख्यामा नेता तथा कार्यकर्ता जनप्रदर्शनमा सहभागी भएका थिए ।
प्रतिनिधि सभाको पुनर्स्थापना गर्न माग गरेका थिए । वर्तमान सरकारले राजीनामा दिनुपर्ने, गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न प्रदर्शनमा सहभागीले माग गरेका थिए ।
लोकतन्त्र र संविधानको रक्षार्थ भन्दै दबाब दिन एमालेले शक्ति प्रदर्शन गर्नु परेको सभालाई सम्बोधन गर्दै नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पाल्पा इन्चार्ज ठाकुर गैरेले बताउनुभयो । अहिलेको वैधानिक छैन । जेनजीले नै राजीनामा माग गर्न थालिसकेका उहाँले बताउनुभयो । सरकारलाई वैधानिकता दिन प्रतिनिधि सभाको पुनर्स्थापना गर्नुपर्ने गैरेले बताउनुभयो । जेनजीको माग पूरा गर्न जेनजी सहितको सहभागितामा सर्वदलीय र सर्वपक्षीय सरकार निर्माण गर्नुपर्छ ।
संविधानलाई टेकेर जतिसक्दो छिटो निर्वाचन गर्नुपर्ने उहाँले बताउनुभयो । अहिलेको सरकार चुनाव भन्दापनि अन्य काममा भुलेको उहाँले आरोप लगाउनुभयो ।
विरोध सभामा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले संविधानको रक्षा गर्न अब सबै जनता जाग्नुपर्ने बेला आएको बताउनुभयो ।
जेनजीका तर्फबाट सन्देश ढकाल, इन्दु गाहाले मुलुकमा परिवर्तन गर्न एमालेको विकल्प नभएको बताउनुभयो । यद्यपि विधानलाई समयसापेक्ष बनाइ जेनजीलाई पनि पार्टीको नेतृत्व पंक्तिमा ल्याउनुपर्ने उहाँहरूले बताउनुभयो ।
जनप्रदर्शन शान्तिपूर्ण ढंगले सम्पन्न भएको एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताउनुभयो ।
जनप्रदर्शनमा १० हजार बढीको सहभागितारहेको एमाले पाल्पाका सचिव रामजी पोखरेलले बताउनुभयो ।
जनप्रदर्शनमा जिल्लाको ८१ वटै वडाबाट १० हजार बढी जनताको सहभागिता रहेको एमाले पाल्पाले जनाएको छ ।
तानसेनको टुडिखेलबाट सुरु भएको जुलुसले बजार परिक्रमा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस