मिडियाले प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ : श्रेष्ठ

खबर खुराक
१२ पुष २०८२

सिर्जना घिमिरे

पुस १२, पाल्पा । लुम्बिनी प्रदेशसभा सदस्य, अर्थ उद्योग तथा पर्यटन समिति सभापति राजुप्रसाद श्रेष्ठले प्रविधिको अधिकतम प्रयोग गरेर मिडियालाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

शिवशक्ति मिडिया प्रा.लिद्धारा संचालित पृथ्वी टेलिभिजन रामपुर पाल्पाको शनिबार भएको सेयर भेला तथा साधारण सभाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सभापति श्रेष्ठले पछिल्लो समय संचारसंस्था संचालनमा चुनौती भएपनि सत्यतथ्य सुचना सम्प्रेषणमा टेलिभिजनको महत्वपूर्ण भुमिका रहेकोमा जोड दिनुभयो । नागकिमाझ सहि सुचना लैजानको लागी पृथ्वी टेलिभिजनलाई व्यवस्थीत ढङगले अगाडी लैजान समेत शुभकामना दिनुभयो ।

कार्यक्रममा निस्दी गाउँपालिका वडानम्बर ५ का वडाअध्यक्ष दुर्गाबहादुर सोमै, शेयर सदस्य सागरप्रसाद देवकोटा, खेमराज गौतम, कृतिनाथ श्रेष्ठ, ईश्वरी भण्डारी, सूर्यप्रसाद न्यौपाने, पूर्व व्यवस्थापक कृष्ण पौडेल लगायतले टेलिभिजनलाई आगामी दिनमा थप व्यवस्थित बनाएर ग्रामिण क्षेत्रमा समेत मिडियाको पहुँच पुर्‍याउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पूर्व कर्मचारी, कर्मचारीलाई सम्मानपत्र, माला खादा लगाएर सम्मान गरिएको थियो । भने शेयर सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

यसैबीच सागरप्रसाद देवकोटा अध्यक्ष रहेको ११ सदस्यीय पृथ्वीटेलिभिजन संचालक समिती गठन गरिएको छ । नवगठित समितीको उपाध्यक्षमा केशव पोख्रेल, सचिवमा कृतिनाथ श्रेष्ठ, कोषाध्यक्ष पवन पोख्रेल सदस्यमा ईश्वरी भण्डारी, खेमराज गौतम, पुरुषोत्तम पौडेल, सूरेश रायमाझी, दुर्गाबहादुर सोमै र राजन पोख्रेल, शान्ती सुवेदी चयन हुनुभएको छ ।लेखा समिती संयोजक डोलराज पाण्डे र सदस्यमा मनोज आचार्य र सुरेन्द्र आचार्य चुनिनुभएको छ ।

कार्यक्रमको संचालन मिनाक्षी कंडेलले गर्नुभएको हो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष देवकोटाले संस्थालाइ थप व्यवस्थित बनाएर लैजाने बताउनुभएको छ । संचालक समितिको आजै पहिलो बैठक समेत बसेको छ ।