अनेम संघ पाल्पाको अध्यक्षमा केशरी लोहनी (सुशीला)
मिलन विश्वकर्मा
पाल्पा, २३ जेठ । अखिल नेपाल महिला संघ पाल्पाको अध्यक्षमा केशरी लोहनी (सुशीला) निर्वाचित हुनुभएको छ।
शनिबार तानसेनमा सम्पन्न १२औं जिल्ला सम्मेलनले सर्वसम्मत लोहनीलाई निर्वाचित गरेको हो ।
उपाध्यक्षमा ईश्वरी खनाल, इन्द्रा चिदी, सचिवमा गीता रेग्मी, उपसचिवमा राधिका थापा, कार्यालय सचिव मन हेमचुरी, कोषाध्यक्षमा विष्णु पौडेल निर्वाचित भएका छन् ।
२९ सदस्यीय कमिटी गठन भएको नेकपा एमाले तानसेन नगरकमिटी अध्यक्ष गुराँस आत्रेयले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि अनेम संघका केन्द्रीय अध्यक्ष टुका भद्र हमाल, अनेम केन्द्रीय सचिव विना ज्ञवाली, नेकपा एमाले केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज नारायण आचार्य, एमाले पाल्पाका अध्यक्ष ओम बहादुर घर्ती मगर, प्रदेश कमिटी उपसचिव तथा लुम्बिनी प्रदेश महिला इन्चार्ज लीला राना लगायतले शुभकामना दिनुभएको थियो ।
अनेम संघ पाल्पाका अध्यक्ष मीना जिसीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष सुशीला लोहनीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
उपाध्यक्ष ईश्वरी खनालले स्वागत गर्नुभएको कार्यक्रममा संघका सहसचिव इन्द्रा चिदीले संचालन गर्नुभएको थियो ।
अध्यक्ष मीना जिसीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस