राजनिति

राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रले उम्मेदवारी दिने

खबर खुराक
१६ फागुन २०८० १३:३९

१६ फागुन, काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।

साथै बैठकले प्रदेश इन्चार्ज र सहइन्चार्ज पनि तोकेको छ । जसअनुसार कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी उपमहासचिव हरिबोल गजुरेललाई दिएको छ भने सहइन्चार्जको जिम्मेवारी सावित्रीकुमार काफ्लेलाई दिएको छ ।

मधेश प्रदेशको इन्चार्ज सचिव लीलामणि पोखरेल र सहइन्चार्जको जिम्मवारी स्थायी कमिटी सदस्य विश्वनाथ शाहले पाउनुभएको छ । त्यस्तै बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटालाई दिइएको छ भने बागमतीमा सहइन्चार्ज तोकिएको छैन ।

प्रवक्ता सापकोटाका अनुसार गण्डकी प्रदेश इन्चार्ज सचिव दिनानाथ शर्मा र सहइन्चार्ज हरिराज अधिकारीलाई दिइएको छ । त्यस्तै, लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव चक्रपाणि खनाल र सहइन्चार्जको जिम्मेवारी कुलप्रसाद केसीले पाएका छन् । कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्ल बन्नुभएको छ भने सहइन्चार्ज तोक्न बाँकी राखिएको छ ।



प्रतिक्रिया