स्मार्टफोन ब्रान्ड पोकोले एमफाइभ सिरिजको मोबाइलमा ल्यायो छुटको अफर

खबर खुराक
२२ वैशाख २०८०

२२ वैशाख ,काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले ग्राहकहरूका लागि पोको एम फाइभ स्मार्टफोन छुट मूल्यमा उपलब्ध गराउने भएको छ । कम्पनीले वैशाख २१  देखि जेठ १ सम्मको सीमित अवधिका लागि उक्त स्मार्टफोनमा छुट दिने भएको हो ।

पोको एम फाइभ गेमिङ प्रयोगकर्ताका लागि लक्षित गरी ल्याइएको स्मार्ट फोन हो । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पण्डाले किफायती मूल्यमा फ्ल्यागशिप मोडल प्राप्त गर्न सकिने गरी यो छुट अफर ल्याइएको बताए ।

९० हर्ज रिफ्रेश रेट सहित ६.५८ इन्च फुल एचडी प्लस डिस्प्ले रहेको यो स्मार्टफोनमा छ एनएम मिडियाटेक हेलियो जी ९९ प्रोसेसर र ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ । यसमा ५० मेगापिक्सेलको प्राइमरी सेन्सर, २ मेगापिक्सेलको म्याक्रो लेन्स र २ मेगापिक्सेलकै डेप्थ सेन्सर भएको एम फाइभको पछाडि ट्रिपल क्यामेरा सेटअप छ ।

यसको अगाडि भागमा भने ५ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ । कालो, हरियो र पहेँलो गरी तीन ओटा रङ्गहरूमा आउने यो फोन चार जीबी र्‍याम तथा २४ जीबी स्टोरेज र छ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

जस मध्ये पहिलो भेरियन्टको मूल्य २० हजार ४९९ रुपैयाँ रहेको छ । जुन चालू अफर अवधिमा छुट सहित १९ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिनेछ । त्यस्तै २३ हजार ९९९ रुपैयाँ पर्ने अर्को भेरियन्टको पोको एम फाइभ २२ हजार ९९९ रुपैयाँमै प्राप्त गर्न सकिनेछ । देशभरका सबै अधिकृत स्टोरहरूमा यो फोन छुट सहितको मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।