सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी ए२४ एलटीई अब नेपालि बजारमा

खबर खुराक
२८ वैशाख २०८०

२८ वैशाख,काठमाडौं । ८ जिबी र्‍याम भएको सामसङ ग्यालेक्सी ए २४ बजारमा आइसकेको छ। कम्पनीले हालै मिडरेन्ज सेगमेन्टमा यो फोन नेपाली उपभोक्ताका लागि प्रस्तुत गरेको हो ।

फोनमा ९० हर्ज रिफ्रेस रेटसहितको ६.५ इन्चको सुपर एमोलेड डिस्प्ले दिइएको छ । १२८ जीबी इन्टर्नल स्टाेरेज रहेकाे फाेन ६ जीबी र ८ जीबी र्‍याम भेरियन्टमा उपलब्ध छ । साथै माइक्रो एसडी कार्डमार्फत् १ टीबीसम्मको एक्सटर्नल मेमोरी सपोर्ट गर्छ ।

क्यामेराका हकमा ५० मेगापिक्सेलको मुख्य सेन्सर छ, जसलाई ५ मेगापिक्सेल अल्ट्रावाइड र २ मेगापिक्सेल म्याक्रो लेन्सहरुले सपोर्ट गरेका छन् । त्यस्तै १३ मेगापिक्सेलकाे सेल्फी क्यामरा लेन्स दिइएकाे छ ।

साथै फोनमा ५००० एमएएच ब्याट्री प्रदान गरिएको छ ।

६+१२८ जीबीको ग्यालेक्सी ए२४ को मूल्य २८ हजार ९९९ रुपैयाँ कायम गरिएको छ भनें ८+१२८ जीबीको मोबाइलकाे मूल्य ३१ हजार ९९९ रुपैयाँ ताेकिएकाे छ ।