दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको खुद नाफा घट्यो

खबर खुराक
३१ वैशाख २०८०

३१ वैशाख, काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको खुद नाफा घटेको छ ।

गत आर्थिक वर्ष २०७८/०७९ को नौ महिनाको अर्थात् चैत्र मसान्तसम्म कम्पनीको खुद नाफा पाँच अर्ब ४३ करोड ५३ लाख ४६ हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको सोही अवधि चैत्र मसान्तसम्म कम्पनीले पाँच अर्ब ४१ करोड १९ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफामा ०.४३ प्रतिशतले कमी आएको कम्पनीले जनाएको छ ।

गत आर्थिक वर्षको यो अवधि अर्थात् चैत मसान्तसम्म कम्पनीको कुल आय ३२ अर्ब ५३ करोड ६७ लाख २९ हजार रहेको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा भने कुल आय २.०६ प्रतिशतले बढेर ३३ अर्ब २० करोड ८५ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, गत आर्थिक वर्षको नौ महिना चैत्र मसान्तसम्ममा कम्पनीको कुल सञ्चालन आय २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको सोही अवधि चैत्र मसान्तसम्ममा कम्पनीको कुल सञ्चालन आयमा ३.०९ प्रतिशतले कमी आएको छ । चालु आर्थिक वर्षमा कम्पनीको सञ्चालन आय २७ अर्ब ३४ करोड ६६ लाख ४७ हजार रुपैयाँ रहेको छ ।