गर्मी महिनामा खानपिनमा विशेष ध्यान दिन आवश्यक

खबर खुराक
३२ जेठ २०८०

३२ ,जेठ ।

गर्मी महिनामा आफ्नो हात र शरिरका विभिन्न अंगको सफाईमा ध्यान दिनु पर्छ । गर्मी मौसममा डिहाइड्रेसन, भोक नलाग्नु र धेरै पसिना आउने कारण शरिरको तापक्रम साधारण हुँदैन र थुप्रै रोग लाग्न सक्ने सम्भावना हुन्छ, त्यसैले गर्मिमा आवश्यकता अनुसार कमसेकम ३ देखि ५ लिटरसम्म पानी पिउनै पर्छ । यो स्थितीबाट बच्नका लागि आफ्नो खानपिनमा विशेष ध्यान दिन आवश्यक छ ।

के नखाने ?

  • मसालेदार खानेकुरा
  • चीया, कफी
  • बाँसी, सढेगलेका खानेकुरा, चिल्लो पीरो, धेरै दिनसम्म फ्रिजमा राखेको खानेकुरा
  • जाँड रक्सी र सूर्तिजन्य पदार्थ

तेलबाट बनेको खाने कुरा

गर्मि मौसममा हामीले तेल बाट बनेको वा तेलमा फ्राई गरेको खान नखाने यदि तेल बाट बनेको परिकार खाएमा मेटाबॉलिज्म (Metabolism) बिग्रन सक्छ जसका कारण बिरामी हुने सम्भावना रहनछ ।

माछा कम खाने

गर्मि मौसममा माछा कम खाने किन कि माछाले गर्मिमा शरीर लाई हिट बनाउछ र शरीरबाट पसिनाको मात्र बढी निकाली दिन्छ र हाम्रो शरीरको पाचन प्रणाली बिगारी दिन्छ त्यस कारण माछा कम खानु पर्छ ।

जंक फूड (चाउचाउ, लेज, कुरकुरे लगायत)/फास्ट फूड

एस्ता खानेकुरामा चिल्लो बढी र पौष्टिक तत्व कम हुन्छ र चिल्लोको मात्रले हामीलाई निकै असर गर्ने भएकाले हामी यी खानेकुरा बाट परै रहनु पर्छ ।

अन्डा कम खाने

गर्मि मौसममा अन्डा खानाले Salmonella इंफेक्शन गर्ने खातारा हुने भएकाले अन्डा कम खानु राम्रो हुन्छ ।

रातो मासु

रातो मासुमा बढीमात्रामा बोसो भएका कारण गर्मीमा यसले कोलेस्टेरोल बढाउँछ । कोलेस्टेरोलकै कारण पेट सफा नरहने अनि झाडापखाला लाग्ने गर्दछ ।