रक्त अल्पता : कारण, समस्या र सामाधान

खबर खुराक
२ असार २०८०

२, असार ।

शरीरको सम्पूर्ण अंगलाई सुचारू रूपमा कार्य गर्नका लागि अक्सिजनको आवश्यकता पर्छ । शरीरमा यो अक्सिजन रगतको माध्यमले सबै अंगमा पुग्छ । यसकारण रगतमा यदि अक्सिजनको कमी भएमा यसले शरीरको विभिन्न अंगको विकासमा नकारात्मक असर पार्छ । यसकारण हामीले आफ्नो भोजनमा यस्ता आहार समावेश गर्नुपर्दछ, जसले रगतमा अक्सिजनको मात्रालाई बढाउने काम गर्छ । आज हामी यहाँ केही यस्ता आहारको बारेमा चर्चा गर्दैछौँ, जसको नियमित सेवनले रगतमा अक्सिजनको मात्रालाई बढाई स्वस्थ राख्न मद्दत गर्छ ।

नेपालमा धेरै बालबालिका, गर्भवती, सुत्केरी, किशोरीहरूमा रक्तअल्पता (एनिमिया) को समस्या छ । सन्तुलित र पोषकतत्वको अभावले रक्तअल्पता र कुपोषणको समस्या देखिने गरेको हो । यहाँ हरेक रोगका विषयमा छलफल हुने गरे पनि पोषणबारे चर्चा हुन्न । कुपोषणको समस्याबाट सबैभन्दा बढी बलबालिकामा पीडित छन् । पेटभरी दुई छाक खान नपाउने, आफ्नो स्वास्थ्यबारे खुलेर अझै पनि बोल्न नसक्नेहरू नेपालमा धेरै छन् । हरेक वर्ष नयाँ बजेट आउँछ तर पोषणका लागि बजेट कटौती भएको पाइन्छ । किशोरीहरूको रजस्वला हुने बेलामा अत्यधिक रक्तस्राव हुने र त्यही बेलामा सन्तुलित भोजन नपाएर कुपोषणको सिकार हुने गरेको पोषणविद् मीरा शाहले बताइन् ।

आँप, कागती, तरबुजा, मेवा यस्ता फल हुन्, जसले हाम्रो मृगौलालाई सफा राख्न मद्दत गर्छ । भिटामिनले भरिपूर्ण यी फलले रगतमा अक्सिजनको मात्रालाई बढाउन सहायक हुन्छ । तरबुजामा प्रशस्त मात्रामा फाइबर पाईन्छ । यसको साथै यसमा लाइकोपेन, बीटा केरोटिन र भिटामिन सी भरिपूर्ण मात्रामा पाईन्छ । यसको सेवनले शरीरमा पानीको मात्रालाई सन्तुलित राख्छ ।