भिभोले आफ्नो नयाँ स्मार्टफोन ‘भिभो वाई ३६’ सार्वजनिक गर्ने

खबर खुराक
३ असार २०८०

३ असार, काठमाडौं । नेपाली बजारमा भिभोले आफ्नो नयाँ स्मार्टफोन ‘भिभो वाई ३६’ सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै वाई३६ चाँडै सार्वजनिक गर्न लागेकाे जानकारी दिएकाे छ ।

डिजिटल कन्टेन्ट क्रियटर र फेसनप्रति लक्षित फोनमा २.५डीको फ्ल्याट फ्रेम प्रयोग गरिएको छ । यो फोन मेटोर ब्ल्याक र भाइब्रेन्ट गोल्ड कलरमा उपलब्ध हुनेछ ।