दर्ता नभएका मोबाइल दर्ता गर्न असार मसान्तसम्मको म्याद

खबर खुराक
१० असार २०८०

१० असार, काठमाडौँ । भन्सार विभागले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० मा दर्ता नभएका मोबाइल असार महिनाभित्र राजस्व तिरेर दर्ता गर्न सकिने जनाएको छ।

दर्ता नभएका मोबाइलको राजस्व बुझाएर असार ३० गतेसम्म दर्ता गर्न सकिने विभागले जनाएको हो। नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० मा आवश्यक विवरण भरेर राजस्व बुझाएपछि मोबाइल दर्ता गर्न सकिने विभागले जनाएको हो । २०७९ पुस १५ गतेदेखि एमडीएमएस प्रणाली कार्यान्वयन आएको घोषणा गरे पनि चर्को विरोधपछि सरकारले स्थगित गरेको थियो । त्यसअघि नै प्राधिकरणले असोज १ गते यसको परीक्षणकालीन सुरु गरेको थियो । त्यति बेला २०७९ भदौ मसान्तसम्म प्रयोगमा रहेका सबै मोबाइललाई स्वतः उक्त प्रणालीमा दर्ता गरिएको थियो ।

त्यसयता दर्ता नभएका मोबाइल अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था प्राधिकरणले गरेको थियो । सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को आर्थिक विधेयकमार्फत दर्ता नभएका त्यस्ता मोबाइललाई राजस्व तिरेर दर्ता गर्न सकिने व्यवस्था गरेपछि विभागले त्यसको कार्यान्वयनका लागि असारसम्मको समय तोकेको हो । असारभित्र दर्ता नहुने मोबाइलमा ‘नेटवर्क लक’ हुने छ जसले गर्दा नेपालका दूरसञ्चार सेवा प्रदायकको सेवा लिन पाइने छैन।