नेपाली बजारमा अनरको नयाँ स्मार्टफोन ‘अनर म्याजिक फाइभ प्रो’ सार्वजनिक

खबर खुराक
१४ असार २०८०

१४ असार, काठमाडौं । नेपाली बजारमा अनरको नयाँ स्मार्टफोन ‘अनर म्याजिक फाइभ प्रो’ सार्वजनिक भएको छ ।  अनरका लागि नेपालका आधिकारिक वितरक सेलट्रोन नेपाल प्रा.लिले यो फोन भित्र्याएको हो ।

कम्पनीका अनुसार फोनको अग्रिम बुकिङ ११ असार सोमबारदेखि सुरु भएर १५ असार, शुक्रबारसम्म जारी रहनेछ । यस अवधिमा अनर म्याजिक फाइभ प्रो बुक गर्ने ग्राहकले २९ हजार ९९५ रुपैयाँ पर्ने मार्शल स्पिकर निःशुल्क प्राप्त गर्नसक्ने पनि कम्पनीले जनाएको छ ।

अनरको यो नयाँ स्मार्टफोनलाई ‘आई अफ म्युज’ आइकोनिक डिजाइनलाई आधारित भएर डिजाइन गरिएको छ । यसमा माथि बायाँपट्टि पिल आकारमा १२ मेगापिक्सेलको सेल्फी क्यामेरा कटआउटको साथ अगाडि ‘क्वाड-कर्ब्ड’ डिस्प्ले छ ।

६.८१ इन्चको डिस्प्ले भएको यो फोन मिडो ग्रीन र ब्ल्याक गरि दुई रंगमा उपलब्ध छ । यसमा ५० मेगापिक्सेलको वाइड क्यामेरा, ५० मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा र ५० मेगापिक्सेलको टेलिफोटो क्यामेरा छ ।

कम्पनीले यो फोनमा क्वालकमको स्न्यापड्रागन ८ जेन २ चिपसेट प्रयोग गरेको छ जसमा १२ जीबीको र्‍याम र ५१२ जीबीको स्टोरेज छ । अनरको म्याजिक ओएस ७.१ भएको म्याजिक प्रो एन्ड्रोइड १३ मा आधारित छ ।

फोनमा ५१०० एमएएचको ब्याट्री राखिएको  छ जसले ६६ वाटको वायर्ड र ५० वाटको वायरलेस चार्जर सपोर्ट गर्छ ।
कम्पनीले यो फोनको मूल्य १ लाख ६४ हजार ९९० रुपैयाँ तोकेको छ ।