सर्तै सर्तकाे भारत , भैरहवा एयरपोर्टमा भारतले आफ्नो मान्छे राख्न पाउनुपर्ने सर्त

खबर खुराक
१८ जेठ २०८०

१८, जेठ ।

भारतले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवेश रुट दिन कुनै अप्ठ्यारो नभएको तर प्रवेश रुट दिँदा सुरक्षाको प्रत्याभूति हुने गरी नेपालले विश्वास दिलाउनुपर्ने सर्त अघि सारेको स्रोतले जनाएको छ । स्रोतले भन्यो, ‘सुरक्षाको विश्वास दिलाउन नसके भैरहवा एयरपोर्टमा भारतले आफ्नो मान्छे राख्न पाउनुपर्ने सर्त पनि अघि सारेको छ।

केही पहिलो पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वको टोलीले भारत गएर नै छलफल गरेको थियो । तर, भारतबाट सकारात्मक प्रतिक्रिया नआएको नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले बताए । उनले भने, ‘नेपाल–भारतको एयरपोर्टसम्बन्धी विवाद कर्मचारी लेभलबाट समाधान हुने सम्भावना छैन । हाइलेवलबाट मात्र मिल्ने देखिन्छ । किनकि भारतसँग जतिपटक छलफल गर्यो, त्यति वटा सर्त राख्ने गरेको छ ।’

एयरपोर्टमा भारतीय कर्मचारी राख्ने प्रस्तावबारे आफ्नो जानकारीमा नरहेको दावी गर्दै महानिर्देशक पाण्डेले प्रधानमन्त्री प्रचण्डको भ्रमणले सबै कुरा टुंगिने विश्वास आफूले लिएको बताए ।