रिलायन्सको जिओ प्लेटफर्मको सस्तो फोन सार्वजनिक

खबर खुराक
१९ असार २०८०

१९ असार, काठमाडौं । भारतीय कम्पनी रिलायन्सको जिओ प्लेटफर्मले सस्तो फोन सार्वजनिक गरेको छ ।​ फोरजी सपोर्ट गर्ने ‘जिओ भारत’ नामको यो फोनको मूल्य ९९९ भारतीय रुपैयाँ (करिब १६ सय नेपाली रुपैयाँ) रहेको छ ।

कम्पनीले फोरजी नेटवर्कको पहुँच बाहिर रहेका भारतका दुई करोड ५० लाख उपभोक्तालाई लक्षित गर्दै यो फोन ल्याएको हो । फोनमा डिजिटल भुक्तानी, स्ट्रिमिङ सेवा लगायतका सुविधा पनि प्रयोग गर्न सकिन्छ ।

साथै कम्पनीले यो फोन किन्ने ग्राहकलाई १२३ भारतीय रुपैयाँमा एक महिनाका लागि १४ जीबी डेटा र अनलिमिटेड भ्वास कलको सुविधा दिने योजना ल्याएको छ ।