नेपाली बजारमा नयाँ स्मार्टवाच ‘म्याक्स जीटी’ सार्वजनिक

खबर खुराक
२० असार २०८०

२० असार, काठमाडौं । एक्यूफिट कम्पनीले नेपाली बजारमा नयाँ स्मार्टवाच ‘म्याक्स जीटी’ सार्वजनिक गरेको छ । पातलो डिजाइनको यो स्मार्टवाचमा ब्लुटुथ कलिङ फिचर उपलब्ध छ ।

सो फिचर प्रयोग गरेर प्रयोगकर्ताले स्मार्टवाचबाटै फोनकल उठाउन र गर्न सकिन्छ । यसका साथै स्मार्टवाचमा फोन नम्बर हेर्न, कल हिस्ट्री हेर्न, मेसेज हेर्न तथा पठाउन सकिन्छ ।

बिल्ट-इन स्पिकर र माइक्रोफोनको गुणस्तरीय आवाजले झन्झट-रहित कलिङ अनुभव दिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो स्मार्टवाच एन्ड्रोइड र आईओएस दुवैमा प्रयोग गर्न सकिनेछ ।

साथै यसमा सबै कल र टेक्स्ट डेटाहरू इन्क्रिप्टेड हुने पनि कम्पनीले जनाएको छ ।

यसमा हेल्थ ट्रयाकिङ फिचर, स्पोर्ट्स मोड लगायत मुटुको चाल मापन, स्टेप ट्रयाक (प्रतिदिन कति हिड्नुभयो भनेर थाहा पाउने फिचर), क्यालोरी गणना, स्वास्थ्यको लागि उपयुक्त सुझावहरू दिने लगायतका विविध फिचरहरू छन् ।

एक्यूफिट म्याक्सजीटी असार २१ गतेदेखि २७ गतेसम्म ईकमर्स दराजमार्फत मात्र खरिद गर्न सकिन्छ । कम्पनीका अनुसार ४ हजार ९९९ रुपैयाँ मूल्य तोकिएको यो स्मार्टवाच पहिलो १०० ग्राहकहरूले २ हजार ४९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् ।