नेपाली बजारमा बेन्को एस वन स्मार्टफाेनकाे नयाँ भेरियन्ट सार्वजनिक

खबर खुराक
२१ असार २०८०

२१ असार, काठमाडौं । नेपाली बजारमा बेन्को एस वन स्मार्टफाेनकाे नयाँ भेरियन्ट सार्वजनिक भएकाे छ । यसअघि ४ र ६ जीबी र्‍याम भेरियन्ट तथा १२८ जीबी इन्टर्नल स्टोरेज भएका मोडेल ल्याएकाे कम्पनीले हालै ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टकाे फाेन पनि भित्र्याएकाे हाे ।

यसमा आवश्यकता अनुसार थप ८ जीबीसम्म र्‍याम बढाउन सकिन्छ । बेन्को एस वनमा ६.८ इन्चको एचडी प्लस आईपीएस एलसीडी डिस्प्ले छ ।

एन्ड्रोइड १३ मा आधारित यो मोडेल युनिसक टाइगर टी ६०६ चिपसेटद्वारा सञ्चालित छ । यसमा ४० मेगापिक्सेलको मुख्य, २ मेगापिक्सेलको म्याक्रोसहित तीन ओटा रेयर क्यामेरा छन् । ​सेल्फी पारखीका १६ मेगापिक्सेलको क्यामेरा राखिएको छ ।

यसको लक बटनमा फिङ्गरप्रिन्ट सेन्सर समावेश गरिएको छ । त्यस्तै फोन अनलक गर्न यसमा फेस अनलकको सुविधा पनि दिइएको छ ।

फोरजीसम्म सपोर्ट गर्ने यो फोन दुई ओटा कलर (Emerald Green, Gemsttone Black) भरियन्टमा खरिद गर्न सकिन्छ । ५००० एमएएच क्षमताको ब्याट्री भएको फोनमा कम्पनीले १८ वाटको चार्जर उपलब्ध गराएको छ ।

यो फोनको मूल्य नेपाली बजारमा १६ हजार ९९९ रुपैयाँ तोकिएको छ ।